images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ...

‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ विश्व हुलाक दिवस मनाइँदै

‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ विश्व हुलाक दिवस मनाइँदै

images
images
बिहिवार, आश्विन २३ २०८२
बिहिवार, आश्विन २३ २०८२
  • काठमाडौँ । असोज २३, ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व हुलाक दिवस मनाइँदैछ। सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा स्थापना गरिएको विश्व हुलाक संघको वार्षिकोत्सवको सम्झनामा हरेक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ।

    images
    images

    यो दिवस मनाउने परम्परा सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व हुलाक संघको महासभाबाट सुरु गरिएको हो। त्यसयता विश्वका धेरै राष्ट्रले हुलाक सेवाको महत्त्व उजागर गर्दै हरेक वर्ष यो दिवस विशेष कार्यक्रमसहित मनाउँदै आएका छन्।

    दिवसको अवसरमा विभिन्न देशका हुलाक सेवाहरूले नयाँ हुलाक उत्पादन, सेवा विस्तार र प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गर्छन्।

    images
    images

    यस अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले एक सन्देश जारी गर्दै हुलाक सेवाले सहरी तथा ग्रामीण क्षेत्रबीचको सम्पर्क कायम राख्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। उनले हुलाक कर्मचारीहरूको सञ्जालले दुर्गम गाउँदेखि शहरसम्म पहुँच पुर्‍याएर सम्पूर्ण विश्वलाई नजिक ल्याएको उल्लेख गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend