images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • सुनको भाउमा उच्च वृद्धि,दुई लाख ५०...

सुनको भाउमा उच्च वृद्धि,दुई लाख ५० हजार रुपैयाँ नाघ्ने अनुमान

सुनको भाउमा उच्च वृद्धि,दुई लाख ५० हजार रुपैयाँ नाघ्ने अनुमान

images
images
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बुधबार पुनः उच्च वृद्धिसँगै नयाँ कीर्तिमानतर्फ उन्मुख भएको छ भने चाँदीको मूल्य भने सामान्य मात्र घटेको छ।

    images
    images

    नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ। यो मंगलबारको तुलनामा प्रतितोला दुई हजार छ सय रुपैयाँले बढी हो। मंगलबार प्रतितोला दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

    दशैँअघि असोज १२ गते प्रतितोला दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुन, त्यसयता निरन्तर वृद्धि हुँदै आएको छ। दशैँ अवधिभर प्रतितोला दुई लाख ३० हजार रुपैयाँ आसपासमा कारोबार भएको सुन दशैँपछिका दिनमा क्रमशः आइतबार दुई लाख ३० हजार ६ सय, सोमबार दुई लाख ३३ हजार एक सय र मंगलबार दुई लाख ३५ हजार चार सय रुपैयाँ पुगेको थियो।

    images
    images

    त्यसैगरी, दशैँअघि असोज १२ र दशैँपछिको असोज २२ गतेसम्मको तुलनामा सुनको मूल्य प्रतितोला १४ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ।

    यसबीच, चाँदीको मूल्य भने मंगलबारको तुलनामा पाँच रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला दुई हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार दुई हजार ९ सय ५५ रुपैयाँमा झरेको हो। यद्यपि दशैँअघिको तुलनामा भने चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। असोज १२ मा प्रतितोला दुई हजार ८ सय १० रुपैयाँमा कारोबार भएको चाँदी १० दिनको अवधिमा एक सय ५५ रुपैयाँले बढेको देखिन्छ।

    महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको तेज वृद्धिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको हो। हालको प्रवृत्तिलाई हेर्दा छिट्टै नै नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार रुपैयाँ नाघ्ने अनुमान गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend