images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • भारी वर्षाले कृषि क्षेत्रमा क्षति विवरण...

भारी वर्षाले कृषि क्षेत्रमा क्षति विवरण सङ्कलनमा मन्त्रालय सक्रिय

भारी वर्षाले कृषि क्षेत्रमा क्षति विवरण सङ्कलनमा मन्त्रालय सक्रिय

images
images
बुधवार, आश्विन २२ २०८२
बुधवार, आश्विन २२ २०८२
  • काठमाडौँ । असोज २२, हालैको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा व्यापक क्षति पुगेपछि कृषि तथा पशुपंछी विकास मन्त्रालयले त्यसको विस्तृत विवरण सङ्कलनको प्रक्रिया सुरु गरेको छ।

    images
    images

    मन्त्रालयले सातै प्रदेशका कृषि कार्यालयहरूलाई निर्देशन दिँदै बाढीका कारण भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन आग्रह गरेको छ।

    सूचना अधिकारी महानन्द जोशीका अनुसार बाढीबाट नोक्सान भएका बालीको प्रकार, परिमाण, पशुपंक्षीको क्षति, गोठ तथा व्यावसायिक फार्मको अवस्था र प्रभावित कृषकहरूको अवस्थाबारे विस्तृत जानकारी संकलन गरिनेछ।

    images
    images

    यस कार्यका लागि मन्त्रालय मातहत रहेका प्रदेश कृषि कार्यालयहरूले स्थानीय तहको समन्वयमा क्षतिको तथ्याङ्क सङ्कलन गर्नेछन्।

    जोशीले जानकारी दिए अनुसार विवरण प्राप्त भएपछि किसानहरूको योगदानको मूल्याङ्कन गरी आवश्यक सहयोग र सुविधा उपलब्ध गराइनेछ। बिमा गरेका किसानका हकमा बिमाको सहजीकरण गरिनेछ भने मल, बिउ, प्रविधि तथा प्राविधिक सिपमा सहयोग पु¥याइनेछ।

    आवश्यकता अनुसार सरकारले क्षतिपूर्ति समेत उपलब्ध गराउने तयारी गरेको छ। साथै, सङ्कलित तथ्याङ्कको आधारमा आगामी दिनमा जोखिम न्यूनीकरण तथा सतर्कताका उपायबारे अध्ययन अनुसन्धान गरी दीर्घकालीन योजना निर्माण गरिने मन्त्रालयले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend