images

२०८३ आश्विन १९ गते

images
images
images

अलैँचीको मूल्य घट्दा, सङ्खुवासभाका किसान चिन्तित

अलैँचीको मूल्य घट्दा, सङ्खुवासभाका किसान चिन्तित

images
images
मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौँ । असोज २१, यस वर्ष सङ्खुवासभा जिल्लामा अलैँचीको मूल्य घटेर किसान चिन्तित भएका छन्। विगत वर्ष प्रतिमन (४० किलो) रु ९० हजारदेखि रु १ लाख १० हजारसम्म कारोबार भएको अलैँची अहिले रु ८० हजारमै सीमित भएको हो।

    images
    images

    अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठका अनुसार, उत्पादन बढी र अन्तर्राष्ट्रिय बजारमा माग कम हुँदा मूल्य घटेको हो। उनका अनुसार अहिले ग्रेडिङ राम्रो गरिएको अलैँची रु ८२ हजारमा, जबकि ग्रेडिङ नभएको अलैँची रु ८० हजारमा कारोबार भइरहेको छ।

    कालो सुनको रूपमा चिनिने अलैँचीको अवस्था,कालो सुन भनेर चिनिने अलैँची पूर्वी पहाडी जिल्लाका किसानको मुख्य आम्दानी स्रोत हो। ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा र सङ्खुवासभा लगायतका जिल्लामा यसको ठूलो मात्रामा उत्पादन हुन्छ।

    images
    images

    सङ्खुवासभामा हाल करिब २,८७१ हेक्टर जमिनमा अलैँचीखेती हुँदै आएको छ। गत वर्ष मात्रै जिल्लामा ९४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो।

    किसानले प्रत्यक्ष फाइदा नपाएको गुनासो
    अलैँची ९८ प्रतिशत सम्म निर्यात हुने भए पनि किसानहरूले भने उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन्। उत्पादन राम्रो भए पनि बजार मूल्य घट्दा उत्पादन लागत समेत नउठ्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।

    मूल्य निर्धारणमा गुणस्तरको भूमिका
    व्यवसायीका अनुसार, अलैँचीलाई गुणस्तरका आधारमा क, ख, र ग तहमा विभाजन गरिन्छ। यसैअनुसार यसको मूल्य निर्धारण गरिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend