images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • जुम्लामा करिब रु १० करोड बराबरको...

जुम्लामा करिब रु १० करोड बराबरको खसी, भेडाको कारोबार

जुम्लामा करिब रु १० करोड बराबरको खसी, भेडाको कारोबार

images
images
मंगलवार, आश्विन २१ २०८२
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौँ । असोज २१, दसैँ पर्वका अवसरमा जुम्लामा करिब रु १० करोड बराबरको खसी, भेडा र राँगोभैँसीको कारोबार भएको छ। चन्दननाथ नगरपालिका र अन्य स्थानीय तहहरूमा गरिएको बिक्री वितरणबाट सो परिमाणको आर्थिक कारोबार भएको हो।

    images
    images

    चन्दननाथ नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख वीरबहादुर रावतका अनुसार, “यस वर्ष स्थानीय रूपमा उत्पादन भएका भेडाबाट मात्रै करिब रु ९ करोड ३४ लाख ८८ हजारको कारोबार भएको छ, भने खसीबाट रु ३७ लाख ४० हजार बराबरको खरिद बिक्री भएको छ।” उनका अनुसार जिल्लाभर अन्य क्षेत्रबाट आएको करिब रु २ करोड बराबरको भेडा पनि बिक्री भएको अनुमान गरिएको छ।

    त्यसैगरी, राँगो र भैँसीको कारोबारबाट रु २६ लाख ७७ हजार आम्दानी भएको छ। दसैँ लक्षित पशु बिक्रीको तथ्याङ्क अनुसार, कुल ५,८४३ भेडा, २५६ खसी र ६३ राँगो तथा भैँसी खरिद बिक्री भएका छन्।

    images
    images

    भेडाको मूल्य यस वर्ष अधिकतम रु २३ हजार, न्यूनतम रु ९ हजार र औसत रु १६ हजार कायम भएको जनाइएको छ। खसीको औसत मूल्य रु १५ हजार रहेको छ भने राँगो तथा भैँसीको औसत मूल्य रु ४२ हजार ५०० रहेको पशुपन्छी विकास शाखाले जानकारी दिएको छ।

    दसैँलाई लक्षित गर्दै मुगु, कालीकोट, दैलेख, बाजुरा लगायतका छिमेकी जिल्लाबाट खसी, भेडा, राँगो र भैँसी यहाँ ल्याइएको थियो। यद्यपि, गत वर्षको तुलनामा यस वर्ष कुल कारोबारमा करिब रु ६ करोड ३२ लाखको गिरावट आएको छ। गत वर्षको दसैँमा जुम्लामा रु १६ करोड ३२ लाख ३१ हजार बराबरको कारोबार भएको थियो।

    स्थानीय व्यापारीहरूले भेडा र खसीको मूल्य औसत रूपमा ३० प्रतिशतले घटेको बताएका छन्। माग घटेको, खरिद शक्ति कम भएको र ढुवानीमा भएको कठिनाइका कारण मूल्यमा गिरावट आएको व्यापारीहरूको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend