images

२०८३ आश्विन २३ गते

images
images
images
  • अर्थतन्त्र
  • देशभरका छोटी भन्सार सञ्चालनका लागि सरकारले...

देशभरका छोटी भन्सार सञ्चालनका लागि सरकारले पहल गरिरहेको छ : गृहमन्त्री लेखक

देशभरका छोटी भन्सार सञ्चालनका लागि सरकारले पहल गरिरहेको छ : गृहमन्त्री लेखक

images
images
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालय सञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।

    images
    images

    कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाली कांग्रेसले आज आयोजना गरेको कार्यक्रममा द्वन्द्वका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालय पुनःसञ्चालन गर्नका लागि सरकारले पहल गरिरहेको बताए । 

    “बेलौरीमा रहेको भन्सार कार्यालयमा धनगढीबाट मानिस आएर भन्सार उठाउने काम चइरहेको छ,” गृहमन्त्री लेखकले भने, “द्वन्द्वका बेला बन्द भएका भन्सार कार्यालय पुनःसञ्चालन गर्नका लागि पहल भइरहेको छ ।”

    images
    images

    उनले भारततर्फ भन्सार कार्यालय नभएकाले चुनौती भए पनि छोटी भन्सार सञ्चालन गर्नका लागि प्रयास गरिरहेको बताए । 

    “जुन ठाउँमा भन्सारको कार्यालय छ, जग्गा छ ती छोटी भन्सारलाई सञ्चालन गरौँ भनेको छु”, उनले भने, “यहाँमात्रै नभई द्वन्द्वका बेला बन्द भएका देशभरका छोटी भन्सार कार्यालय सञ्चालनका लागि लागिरहेका छौँ ।”

    मन्त्री लेखकले देशमा स्थायी सरकार निर्माणगरी सुशासन कायम राख्न दुई ठुला दल मिलेको बताउँदै एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा कुनै शङ्का नगर्न आग्रह गरे । 

    “तीन/तीन महिनामा प्रधानमन्त्री र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि यो समीकरण बनेको हो,” लेखकले भने, “मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठुला दल मिलेका हौँ ।” 

    उनले देशमा हरेक परिवर्तनमा दुई ठुला दल मिलेको इतिहास रहेको स्मरण गर्दै स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend