images

२०८३ आश्विन २३ गते

images
images
images

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बरले वृद्धि

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बरले वृद्धि

images
images
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ। सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ। 

    images
    images

    गत आर्थिक वर्ष २०८०र८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ। सो अवधिमा मोटरसाइकलको आयात शत् प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट ४६ करोड ७७ लाखका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए। 

    images
    images

    चालु आवको साउनमा भने ९४ करोड ४८ लाखका सात हजार एक सय ५० थान मोटरसाइकल आयात भएका थिए।

    वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको साउन महिनामा २० करोड ६० लाखका एक सय २७ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा  १४ करोड ४४ लाखको ७६ थान मात्र जिप र कार आयात गरिएको छ।

    भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताए।

    गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट ४४ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो। चालु आवको सोही अवधिमा भने ८८ करोड ६४ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend