images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • नेपाली व्यवसायीले भारतीय बैंकबाट ऋण लिन...

नेपाली व्यवसायीले भारतीय बैंकबाट ऋण लिन सक्ने

नेपाली व्यवसायीले भारतीय बैंकबाट ऋण लिन सक्ने

images
images
आइतवार, आश्विन १९ २०८२
आइतवार, आश्विन १९ २०८२
  • काठमाडौँ । असोज १९, भारतको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इण्डिया (आरबिआई)ले भुटान, नेपाल र श्रीलंकाका व्यवसायीहरूलाई भारतीय बैंक मार्फत व्यापारिक ऋण उपलब्ध गराउने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय व्यापारमा भारतीय रुपैयाँको प्रयोग बढाउने उद्देश्य सहित आरबिआईले वैदेशिक विनिमय व्यवस्थापन सम्बन्धी नियमावलीमा संशोधन गरेको हो।

    images
    images

    नयाँ व्यवस्था पछि नेपाली व्यवसायीहरूले भारतका बैंकहरू वा तिनका नेपालस्थित शाखाबाट आयात निर्यात सम्बन्धी कारोबारका लागि ऋण लिन सक्नेछन्। यद्यपि, यो सुविधा लगानीका लागि भने होइन, केवल अन्तरदेशीय व्यापारका लागि सीमित हुनेछ।

    ऋण सुविधा लिन नेपालका बैंकहरूले भारतस्थित भारतीय बैंकमा भारु खातामा कारोबार गर्नु पर्नेछ, जसलाई नोष्ट्रो एकाउन्ट भनिन्छ। नेपाली बैंकहरू हाल पनि यस्ता खाता सञ्चालन गरिरहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विनिमय विभाग प्रमुख रेवती रमण नेपालले जानकारी दिए।

    images
    images

    उनका अनुसार नेपाली व्यवसायीले हाल विभिन्न नियमहरू अन्तर्गत विदेशी स्रोतबाट ऋण लिइरहेकै कारण नयाँ प्रणालीमा समस्या नआउने विश्वास गरिएको छ। तर, राष्ट्र बैंकभित्र अझै पनि ऋण सीमा, योग्यता, नीतिगत व्यवस्था लगायत विषयमा गृहकार्य बाँकी रहेको उनले बताए।

    आरबिआईको यो कदम अमेरिकी डलरको व्यापक प्रयोग घटाउने रणनीतिक योजनाको भागको रूपमा पनि हेरिएको छ। वार्षिक २० खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्ने नेपालमा अमेरिकी डलर र भारतीय रुपैयाँ दुवै चलनमा छन्। नयाँ व्यवस्थाले विदेशी मुद्राको अभावमा देखिने व्यापारिक समस्या समाधानमा टेवा पुग्ने अनुमान गरिएको छ।

    तर, यो कुटनीतिक र भूराजनीतिक संवेदनशीलता जोडिएको विषय भएकोले राष्ट्र बैंक र अन्य सरोकारवाला निकायबीच थप छलफल आवश्यक देखिएको छ। चालु खाता पूर्णरूपमा परिवर्तनीय नभएको र नेपाली मुद्रालाई भारतीय मुद्रासँग पेग्ड गरिएको (स्थिर विनिमय दर राखिएको) सन्दर्भमा पनि सावधानी पूर्वक नीति निर्धारण गर्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend