images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • यातायात कार्यालय वीरगञ्जले उठायो डेढ अर्ब...

यातायात कार्यालय वीरगञ्जले उठायो डेढ अर्ब राजस्व

यातायात कार्यालय वीरगञ्जले उठायो डेढ अर्ब राजस्व

images
images
बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • वीरगञ्जः यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८०.८१ मा रु एक अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रकम राजस्व संकलन गरेको छ। कार्यालयले आव २०७९।८० को तुलनामा आव २०८०।८१ मा रु १७ करोड १९ लाख ७९ हजार एक सय ५१ रकम बढी राजस्व संकलन गरेको हो।

    images
    images

    यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमलराज गौतमले अघिल्लो आवको तुलनामा गत आवमा राजस्व संकलन उत्साहप्रद रहेको बताए।

    कार्यालयले आव २०७९।८० मा भने रु एक अर्ब ३५ करोड ३१ लाख ७४ हजार आठ सय ६४ रकम राजस्व सङ्कलन गरेको थियो। सो आवमा सवारीतर्फ रु एक अर्ब १९ करोड ४८ लाख १४ हजार आठ सय राजस्व संकलन भएको थियो।

    images
    images

    सवारीचालक अनुमतिपत्रतर्फ भने रु १५ करोड ८३ लाख ६० हजार ६४ रकम राजस्व संकलन भएको थियो। कार्यालयका अनुसार आव २०८०।८१ मा बस, ट्रक, मिनीबस, मिनीट्रक, मेसिनरी औजार गरेर कुल दुई हजार दुई सय २९ सवारीसाधन दर्ता भएका छन्।

    त्यस्तै सोही अवधिमा कार, जिप भ्यान, माइक्रोबस, एम्बुलेन्ससहितका सवारीसाधन भने छ सय ४५ वटा दर्ता भएका छन्।

    गत आवमा टेप्पो, अटो इ–रिक्सा भने दुई हजार नौ सय ७२ वटा दर्ता भएका छन्। मोटरसाइकल र स्कुटर भने ३९ हजार सात सय ४७ वटा दर्ता भएका छन्। त्यस्तै ट्रयाक्टरलगायत सवारीसाधन भने चार सय १३ वटा दर्ता भएका छन्।

    गत आवमा सबैखाले नयाँ सवारीसाधन गरेर ३८ हजार चार सय ५६ वटा दर्ता भएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend