काठमाडौ । जिल्लाको पकेट क्षेत्रमा बहुमूल्य जडीबुटी उत्पादन गर्दै आएका कृषकहरूले उचित बजार मूल्य नपाएको गुनासो गरेका छन्। स्थानीय तहमा जडीबुटीको मूल्यबारे ज्ञान नहुँदा र सरकारले मूल्य तोकेन कारण बिचौलियाले ठूलो लाभ उठाइरहेको किसानहरूको भनाइ छ।
स्थानीय जडीबुटी कृषक निमा शेर्पाले चिराइतो, सतुवा, अलैँची लगायत व्यावसायिक जडीबुटी खेती गरे पनि मूल्य निर्धारण बिचौलिया माथि निर्भर रहेकाले घाटा व्यहोर्नु परेको बताइन्। माथिल्लो भेगका किसानहरूले विभिन्न जडीबुटीहरू खेती गर्दै आएका छन् र चिराइतोको मूल्य बढेपछि त्यसतर्फ आकर्षण बढेको छ। तर, मूल्य नतोकिएपछि किसानले बिचौलियाको बोलीमा बेच्न बाध्य भएको कृषक पासाङ शेर्पाले बताए।
“गाउँमा हल्ला र अफवाहको भरमा मूल्य तोकिने गरेको छ, त्यसैमा बेच्नु परिरहेको छ। पछि थाहा हुन्छ कि हामी घाटामा बेच्यौं,” उनले गुनासो गरे।
किसानहरूले सरकारी निकायले बजार मूल्य तोकेर र बजार विस्तारका लागि सहजीकरण गरी जडीबुटी कृषकलाई न्यायोचित मूल्य दिलाउनु पर्ने माग गरेका छन्।




.gif)





