मध्य फिलिपिन्सको बोगो र सेबू सहरमा मङ्गलबार गएको ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पले ७२ जनाको ज्यान गएको छ।
फिलिपिन्सको नेसनल डिजास्टर रिस्क रिडक्सन एण्ड म्यानेजमेन्ट काउन्सिलका अनुसार, भूकम्पमा परी २९४ जना भन्दा बढी घाइते भएका छन्।
मध्य बिसायाका ५३ वटा गाउँका ४७ हजार २२१ परिवारहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। विपद् व्यवस्थापन आयोगका अनुसार, भूकम्पका कारण पूर्वाधार तथा कृषिमा भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।
फिलिपिन्स प्रशान्त रिंग अफ फायरमा अवस्थित मुलुक भएकाले यहाँ प्रायः ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहन्छ।




.gif)





