images

२०८३ आश्विन १९ गते

images
images
images
  • विश्व
  • नेपालदेखि विश्वभर फैलिँदै “जेनजी आन्दोलन, सरकारहरूको...

नेपालदेखि विश्वभर फैलिँदै “जेनजी आन्दोलन, सरकारहरूको परीक्षणको समय

नेपालदेखि विश्वभर फैलिँदै “जेनजी आन्दोलन, सरकारहरूको परीक्षणको समय

images
images
बुधवार, आश्विन १५ २०८२
बुधवार, आश्विन १५ २०८२
  • काठमाडौँ । असोज १५, नेपालमा गत भदौ २३ र २४ गते भएको ऐतिहासिक आन्दोलनले न केवल राष्ट्रिय राजनीतिमा ठुलो उथलपुथल ल्यायो, तर यसको प्रतिध्वनि विश्वका विभिन्न मुलुकहरूमा समेत सुनिन थालेको छ। सामाजिक सञ्जालको शक्तिशाली प्रयोग गर्दै जेनजी पुस्ताले अघि सारेको यो लहर अहिले भारत देखि पेरु, केन्या, इन्डोनेसिया, मोरक्को र माडागास्कर सम्म फैलिएको छ।

    images
    images

    नेपाल आन्दोलनको केन्द्रबिन्दु
    भ्रष्टाचार, नातावाद, अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश, र सामाजिक असमानता विरुद्धको आवाज बोकेर उठेका नेपाली विद्यार्थीहरूका आन्दोलन शान्तिपूर्ण रूपमा सुरु भए पनि प्रहरीले बल प्रयोग गरेपछि अवस्था हिंसात्मक बन्यो। झडपमा १९ जनाको मृत्यु र सयौं घाइते भएपछि आन्दोलन चुलिँदै गयो। अन्ततः ओली नेतृत्वको सरकार ढल्यो, प्रमुख प्रशासनिक भवनहरू ध्वस्त भए, र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो।

    भारत लद्दाख र उत्तराखण्डमा चर्कँदै असन्तुष्टि
    नेपालको आन्दोलनपछि भारतको लद्दाखमा युवाहरूले संविधानको छैटौं अनुसूची अन्तर्गत अधिकारको माग गर्दै आन्दोलन सुरु गरे। वैज्ञानिक सोनाम वाङचुकको गिरफ्तारी र भाजपाको कार्यालयमा आगजनीले तनाव झन् बढाएको छ। उता उत्तराखण्डमा लोकसेवा परीक्षा सम्बन्धी गडबडी र मुख्यमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति प्रति आक्रोशित युवाहरू सडकमै छन्।

    images
    images

    पेरु वामपन्थी समर्थन सहितको विद्रोह
    दक्षिण अमेरिकी मुलुक पेरुमा पनि युवाहरू सडकमा उत्रिएका छन्। राष्ट्रपति दिना बोलुआर्ते विरुद्ध नाराबाजी गर्दै बढ्दो आर्थिक असमानता र भ्रष्ट शासनको विरोधमा चर्किएको आन्दोलन वामपन्थी समूह र ट्रेड युनियनहरूले समेत समर्थन गरेका छन्। लिमा सहर लगायत अन्य भागहरूमा प्रहरी झडपमा दर्जनौं घाइते भएका छन्।

    केन्या टिकटक मार्फत विद्रोहको रूप
    केन्यामा २०२४ देखि नै सुरु भएको विरोध २०२५ मा झन् सशक्त बन्दै गएको छ। जेनजी नेतृत्वमा कर वृद्धिको विरोधमा फैलिएको आन्दोलन राजधानी नै कब्जा गर्ने स्थितिमा पुगेको छ। टिकटक आन्दोलनको सशक्त हतियार बनेको छ।

    इन्डोनेसिया सांसदहरूको तलब विवादले जन्माएको विद्रोह
    सांसदहरूले तलब भत्ता आफै निर्धारण गर्न खोजेपछि इन्डोनेसियाली युवाहरू आक्रोशित बने। विधेयक फिर्ता भए पनि अहिले असमानता र प्रहरी दमन विरुद्ध आन्दोलन पुनः चर्किएको छ।

    मोरक्को विश्वकपभन्दा शिक्षालाई प्राथमिकता माग
    विश्वकप २०३० को तयारीमा खर्च बढाउँदै स्वास्थ्य र शिक्षामा लगानी घटाउने निर्णयको विरोधमा जेनजी नामक अभियान सुरु भएको छ। प्रहरीले हिंसात्मक रूपमा आन्दोलन दबाउने प्रयास गरे पनि डिजिटल मिडियाको सहायताले यो आन्दोलन अझै फैलिँदो छ।

    माडागास्कार चार दिनमै सरकार परिवर्तन
    सेप्टेम्बर अन्त्यतिर सुरु भएको आन्दोलनले चार दिनमै सरकार ढाल्न सफल भयो। नेपालकै आन्दोलनको प्रभाव यहाँ प्रत्यक्ष देखिएको छ। संयुक्त राष्ट्रसंघका अनुसार आन्दोलनमा २२ जनाको मृत्यु र १०० भन्दा बढी घाइते भएका छन्।

    अन्य मुलुकहरूमा पनि चुलिंदै जेनजीको स्वर
    पूर्वी टिमोर, फिलिपिन्स लगायत अन्य मुलुकहरूमा पनि यस्तै प्रकृतिका आन्दोलनहरू देखिन थालेका छन्। आर्थिक असमानता, बेरोजगारी, तथा भ्रष्टाचार विरुद्धको यो विद्रोह साझा स्वरुपमा देखा परिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend