images

२०८३ आश्विन १७ गते

images
images
images
  • पूर्वाधार
  • तुइन खोलामा पहिरो, मुग्लिन–नारायणघाट सडक पुनः...

तुइन खोलामा पहिरो, मुग्लिन–नारायणघाट सडक पुनः अवरुद्ध

तुइन खोलामा पहिरो, मुग्लिन–नारायणघाट सडक पुनः अवरुद्ध

images
images
मंगलवार, आश्विन १४ २०८२
मंगलवार, आश्विन १४ २०८२
  • काठमाडौँ । असोज १४, चितवन, लगातार परेको वर्षाका कारण तुइन खोलामा खसेको पहिरोले मुग्लिन–नारायणघाट सडक खण्ड पुनः अवरूद्ध भएको छ।

    images
    images

    सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मंगलबार राति साढे ७ः०० बजे तुइन खोलाको पुल नजिकैको क्षेत्रमा माथिबाट लेदो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो।

    पहिरो पन्छाउने कार्यका लागि डोजर र अन्य मेसिनहरू घटनास्थलमा पठाइएको जनाइएको छ। डिभिजनले सार्वजनिक सूचना जारी गर्दै रोकिएका सवारी साधनहरूलाई संयमता अपनाउन र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ।

    images
    images

    यसअघि पनि यही ठाउँमा पहिरो खसेर अन्दाजी ४५ घन्टासम्म यातायात ठप्प भएको थियो। त्यसयता पटक–पटक पहिरो खस्ने क्रम जारी रहेको र बाटो खुलाउने प्रयास लगातार भइरहे पनि जोखिम कायमै रहेको अधिकारीहरूको भनाइ छ।

    मुग्लिन–नारायणघाट सडक खण्ड काठमाडौं, पोखरा र चितवन जोड्ने प्रमुख व्यापारिक मार्ग भएकाले यसको अवरोधले देशभरका यातायात र आपूर्ति प्रणालीमा असर पर्ने गर्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend