images

२०८३ आश्विन १८ गते

images
images
images

दसैँको रौनकले गाउँघरमा चहलपहल बढ्यो, प्रवासी फर्कंदा झन् उत्सवमय

दसैँको रौनकले गाउँघरमा चहलपहल बढ्यो, प्रवासी फर्कंदा झन् उत्सवमय

images
images
सोमवार, आश्विन १३ २०८२
सोमवार, आश्विन १३ २०८२
  • बेनी (म्याग्दी), असोज १३, दसैँ नजिकिए सँगै म्याग्दीका गाउँघरमा चाडपर्वको रौनक बढ्दै गएको छ। नेपालीहरूको प्रमुख चाड दसैँ–तिहार मनाउन देश–विदेशमा रहेकाहरू गाउँ फर्किन थालेपछि सुनसान जस्तै भएका गाउँहरूमा चहलपहल बढेको छ।

    images
    images

    रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका स्थानीय कायाम रोकाका अनुसार चाडपर्वको अवसरमा गाउँ फर्किनेको संख्या बढेपछि गाउँघरमा उल्लास छाएको छ। “बर्षैपिच्छे एकपटक गाउँ फर्किने चलन छ। यो समयमा गाउँमा सबैको जमघट हुने भएकाले निकै रमाइलो लाग्छ,” उनले भने।

    प्रवासबाट फर्कंदा गाउँको रूप झन् चिटिक्क,धवलागिरि गाउँपालिका–६ का खड्क पुन युरोपियन मुलुकबाट दसैँ मनाउन घर आएका छन्। उनले भने, “लामो समयपछि फर्कंदा गाउँको चाडपर्वको माहोलले प्रवासको दुःख मेटिएको महसुस हुन्छ।”

    images
    images

    गाउँघरमा चाडपर्व लक्षित सरसफाइ र रङरोगनले वातावरण चिटिक्क परेको छ। परम्परागत घरमा कमेरो र रातो माटोले पोतिएको छ भने पक्की घरमा रङ्गरोगन गरिएको छ। धान, कोदोका हरियाली फाँटहरूले गाउँको सौन्दर्य झनै बढाएको छ।

    श्रमदानबाट बाटो मर्मत, महिलाको सहभागिता उल्लेखनीय,वर्खायाममा झाडीले ढाकिएका गोरेटो बाटाहरू चाडपर्वको पूर्वसन्ध्यामा श्रमदान मार्फत मर्मत गरिएको छ। रघुगङ्गा–३ दुलेपानीका युवा होम परियारका अनुसार “अबको आवतजावत सहज भएको छ। महिलाहरूको सक्रियता निकै उल्लेखनीय छ।”

    मेलापर्व र सुरक्षाको चासो,दसैँको अवसरमा म्याग्दीका दर्जनौँ गाउँमा परम्परागत मेलापर्व आयोजना हुने गर्छन्। पछिल्लो समय यस्ता मेलामा खेलकुद, कला र संस्कृति झल्काउने कार्यक्रमसमेत थपिएको पाइन्छ।

    तर, प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले मेलापर्वमा शान्ति सुरक्षाको चुनौती रहेको भन्दै सबै पक्ष सतर्क हुनुपर्ने बताए। “कतिपय अपराधजन्य गतिविधि यस्ता मेलाबाट सुरु हुने गरेका छन्। त्यसैले अनुमतिपत्र लिएर संयमित तरिकाले मेला सञ्चालन गर्नुपर्छ,” उनले भने।

    जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना तयार गरी प्रहरी परिचालनको तयारी गरिरहेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend