काठमाडौँ । असोज १३, पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमी २०८२ को अवसरमा सम्पूर्ण नेपाली जनता प्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
दशैंको अवसरमा शुभेच्छुक नागरिकलाई सम्बोधन गर्दै उनले यसपालि पनि अघिल्ला वर्षहरूझैं टीका जमरा वितरण नहुने जानकारी दिएका छन्।
सन्देशमा पूर्वराजा शाहले पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न गरेको त्याग र बलिदानलाई स्मरण गर्दै त्यसैलाई नेपालको अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्डको रूपमा व्याख्या गरेका छन्।
उनले विशेष गरी युवा पुस्ता प्रति आह्वान गर्दै भनेका छन्, “युवा पुस्ता भविष्यका आधारस्तम्भ हुन्। उनीहरूमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा अघि बढाउन सक्छ।”
पूर्वराजाले शुभकामना सन्देश मार्फत वर्तमान परिस्थितिमा सबै नेपाली बीच आपसी समझदारी, सहिष्णुता र सहकार्यको खाँचो रहेको पनि उल्लेख गरेका छन्।




.gif)





