images

२०८३ आश्विन १८ गते

images
images
images

आज देशभर फूलपाती भित्र्याइँदै

आज देशभर फूलपाती भित्र्याइँदै

images
images
सोमवार, आश्विन १३ २०८२
सोमवार, आश्विन १३ २०८२
  • काठमाडौँ । असोज १३, नेपालीहरूको महान् चाड दसैँ अन्तर्गत आज देशभर फूलपाती भित्र्याइँदै छ। वैदिक परम्पराअनुसार घटस्थापना देखि सुरु भएको दुर्गा पूजाको सातौँ दिन, आश्विन शुक्ल सप्तमीका दिन फूलपाती भित्र्याउने परम्परा रहिआएको छ।

    images
    images

    शास्त्रीय विधिअनुसार आज घरघरमा शुभ साइतको प्रतीकका रूपमा नवपत्रिका भित्र्याएर दुर्गा भगवतीको आराधना गरिन्छ। नवपत्रिकामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष समावेश गरिन्छ। यी वस्तुहरूलाई नवदुर्गाका सहायक देवीहरूका रूपमा पूजा गरिन्छ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ।

    images
    images

    यी देवीहरू नवदुर्गाका पार्षद हुन्, र शक्तिको आराधनाका रूपमा विधिपूर्वक पूजाआजा गरिन्छ, भट्टराईले बताए। उनका अनुसार फूलपाती भित्र्याउन विशेष साइतको आवश्यकता पर्दैन।

    गोरखाबाट राजधानीसम्म फूलपाती ल्याउने परम्परा
    हनुमानढोका दरबारको दसैँघरमा भने विशेष शाही परम्परा अनुसार गोरखा जिल्लाबाट फूलपाती ल्याउने चलन छ। गोरखाबाट धादिङको जीवनपुरसम्म फूलपाती मगर जातिका ६ जना व्यक्तिले दसैँघरका पूजारीसहित ल्याउने र जीवनपुरबाट काठमाडौंको जमलसम्म ६ जना ब्राह्मणले ल्याउने परम्परा कायम छ।

    त्यसपछि जमलदेखि हनुमानढोकासम्म निजामती सेवाका उच्च अधिकारी, नेपाली सेनाका गुर्जुका पल्टनु, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक कार्यक्रम सहित फूलपाती दरबार भित्र्याइने गरिन्छ।

    राजतन्त्रकालमा राजाको उपस्थितिमा सम्पन्न हुने यो परम्परा गणतन्त्र स्थापनापछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको उपस्थितिमा सम्पन्न हुँदै आएको छ।

    यस वर्षको फूलपाती आज सोमबार अपराह्न ४ः३० बजे भित्र्याइने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाले जनाएको छ। कार्यक्रममा संस्कृति मन्त्री, काठमाडौँका प्रदेशसभा सदस्य, र स्थानीय जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको छ।

    दसैँको चहलपहल आजदेखि झन् बढ्दै
    आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना सँगै सुरु भएको दसैँ पर्व आज फूलपाती सँगै सामाजिक र सांस्कृतिक चहलपहलका रूपमा झनै व्यापक हुँदै गएको छ। जमराको हरियाली सँगै घरघरमा दुर्गा आराधना र पूजा आजाबाट अझ बढ्ने जनविश्वास रहिआएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend