काठमाडौँ । असोज १२, दसैं बिदाका दिनमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि नेपाल आयल निगमले देशभरका डिपोहरू आलोपालो खुलाउने निर्णय गरेको छ।
निगमले दसैंको समयमा इन्धनको माग बढ्ने भएकाले आपूर्ति सहज बनाउन प्रादेशिक कार्यालय तथा शाखा कार्यालय अन्तर्गतका डिपोहरू बिदाका दिनहरूमा समेत पालोपालो सञ्चालनमा ल्याउने योजना बनाएको हो।
यो वर्ष दशैं बिदा ६ दिन रहेको छ। निगमका १३ शाखा तथा डिपोमध्ये वीरगञ्ज शाखा कार्यालय र दाङ डिपो चार–चार दिन खुल्ने छन्। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रादेशिक कार्यालयहरू तीन–तीन दिन खुल्नेछन् भने अन्य बाँकी कार्यालयहरू दुई दिन खुल्ने गरी तालिका तयार गरिएको छ।
दीपायल शाखा कार्यालय भने आवश्यकताअनुसार खोलिने निगमले जनाएको छ।
यसका साथै, बिदाका दिनहरूमा डिपोहरू बन्द रहे पनि पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सुविधाका लागि प्रत्येक डिपोमा सम्पर्क व्यक्ति तोकिएको छ। सम्बन्धित सम्पर्क व्यक्तिसँग सम्पर्क गरेर आवश्यक इन्धन वितरण गरिने व्यवस्था गरिएको निगमले जानकारी दिएको छ।




.gif)





