काठमाडौँ । असोज १२, बडादशैँको छैठौं दिन अवसरमा देशभर माता कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदैछ। नवरात्रको छैठौं दिनमा पूजनीय कात्यायनी देवीलाई शक्ति स्वरूपा मानिन्छ, जसको उपासना गर्दा भक्तजनले अर्थ, धर्म, काम र मोक्ष प्राप्त गर्ने विश्वास गरिन्छ।
धार्मिक विश्वास अनुसार माता कात्यायनीको आराधना गर्नाले रोग, शोक, सन्ताप र भय नष्ट हुने मात्र नभई जन्म–जन्मान्तको पाप समेत क्षय हुने भनाइ छ।
देशभरका शक्तिपीठहरूमा आज बिहानै देखि भक्तजनहरूको भीड देखिएको छ। दसैँ पर्वको विशेष महत्व बोकेको नवरात्रमा आजको दिन शक्ति, साहस र समृद्धिको प्रतीकका रूपमा देवी कात्यायनीको पूजा गरिन्छ।




.gif)





