images

२०८३ कार्तिक ५ गते

images
images
images
  • बैंक वित्त
  • नबिल बैंकको विशेष साधारणसभा सम्पन्न, अविमोच्य...

नबिल बैंकको विशेष साधारणसभा सम्पन्न, अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

नबिल बैंकको विशेष साधारणसभा सम्पन्न, अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

images
images
मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सोमबार साधारणसभा सम्पन्न भएको हो । बैंकको विशेष साधारणसभाले पाँच अर्ब रुपैयाँबराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

    images
    images

    बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजीको माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका सर्त र व्यवस्थाबमोजिम तथा नियमनकारी निकायको स्वीकृतिपश्चात् जारी हुने गरी पाँच अर्ब रुपैयाँबराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव पेस गरेकोमा सम्पूर्ण प्रस्तावहरू विशेष साधारणसभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।

    सभाले पारित गरेको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ ।

    images
    images

    विशेष साधारणसभामा बोल्दै बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्‍याउन सहयोग गरेकोमा सेयरधनीलगायत सरोकारवाला पक्षलाई धन्यवाद दिए । आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ सेयरधनीलगायत सरोकारवाला पक्षहरूको महत्त्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए ।

    नबिल बैंकले हाल २६८ वटा शाखाहरू, ३१६ वटा एटीएम र २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशव्यापी रूपमा सेवा प्रदान गर्दै आएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend