images

२०८३ आश्विन २३ गते

images
images
images

पुँजीबजार सुधारका लागि लगानीकर्ताबाट अर्थमन्त्रीलाई ज्ञापनपत्र

पुँजीबजार सुधारका लागि लगानीकर्ताबाट अर्थमन्त्रीलाई ज्ञापनपत्र

images
images
मंगलवार, आश्विन ७ २०८२
मंगलवार, आश्विन ७ २०८२
  • काठमाडौँ । काठमाडौँमा प्रमुख शेयर लगानीकर्ता तथा संघसंस्थाका प्रतिनिधिहरूले अर्थमन्त्री डा.रामेश्वर खनाललाई पुँजीबजार सुधारको माग सहित औपचारिक ज्ञापनपत्र बुझाएका छन्।

    images
    images

    ज्ञापनपत्र बुझाउने क्रममा वरिष्ठ लगानीकर्ता छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाई र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष रोहन कार्की सहभागी थिए। उनीहरूले पुँजीबजारको वर्तमान संकटपूर्ण अवस्था र दीर्घकालीन विकासका लागि राज्यको सक्रिय भूमिका अपरिहार्य रहेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

    ज्ञापनपत्रमा प्रस्तुत मुख्य मागहरू यसप्रकार छन्ः

    images
    images

    बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिनु।

    पुँजीगत लाभकर दर कम गर्नु र ऐनमार्फत यसलाई अन्तिम कर घोषणा गर्नु।

    व्यक्तिगत शेयर धितो कर्जाको सीमा पूर्ण रूपमा हटाउनु।

    लघुवित्त संस्थाहरूलाई लाभांश वितरणमा लागू गरिएको सीमा हटाउनु।

    बैंक तथा वित्तीय संस्थाको शेयर बजारमा लगानी सीमा परिमार्जन गर्नु।

    शेयर धितो कर्जाको सीमा वृद्धि गर्नु।

    एनआरएन (गैर आवासीय नेपाली) लाई पुँजीबजारमा सहभागी गराउने नीति ल्याउनु।

    धितोपत्र बोर्डलाई पूर्ण रूपमा स्वायत्त बनाउनु।

    त्यसैगरी, लगानीकर्ताहरूले दीर्घकालीन पुँजीगत लाभकर ३ प्रतिशत र अल्पकालीन पुँजीगत लाभकर ५ प्रतिशत कायम गर्न पनि माग गरेका छन्।

    ज्ञापनपत्र मार्फत उनीहरूले पुँजीबजारमा लगानीकर्ताको विश्वास कायम राख्न, बजारलाई पारदर्शी तथा प्रतिस्पर्धी बनाइ दीर्घकालीन रुपमा सुदृढ बनाउने पहल गर्न सरकारसँग आग्रह गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend