images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • एन्करको ब्रान्ड एम्बेसडर बने इंग्ल्यान्डका क्रिकेटर...

एन्करको ब्रान्ड एम्बेसडर बने इंग्ल्यान्डका क्रिकेटर जोस बटलर

एन्करको ब्रान्ड एम्बेसडर बने इंग्ल्यान्डका क्रिकेटर जोस बटलर

images
images
शुक्रवार, आश्विन २३ २०८३
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडौँ । एन्कर कन्ज्युमर प्रोडक्ट्स अन्तर्गतको ओरल केयर ब्रान्ड 'एन्कर' ले इंग्ल्यान्ड क्रिकेट टोलीका कप्तान तथा विश्वकप विजेता खेलाडी जोस बटलरलाई नेपालका लागि आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।नेपाली बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्दै उपभोक्तासँगको सम्बन्ध बलियो बनाउने उद्देश्यसहित कम्पनीले बटलरलाई ब्रान्डसँग जोडेको हो।

    images
    images

    नेपालमा अन्तर्राष्ट्रिय खेल व्यक्तित्वसँग एन्कर ओरल केयरको यो पहिलो सहकार्य हो। यस साझेदारीसँगै बटलरले नेपालमा विद्यमान ब्रान्ड एम्बेसडर एवं पूर्व मिस नेपाल सुवेक्षा खड्कासँगै ब्रान्ड प्रवर्द्धनमा सहकार्य गर्नेछन्। बटलरको विश्वस्तरीय खेल प्रतिष्ठा र खड्काको स्थानीय प्रभावको संयोजनले नेपालभरका उपभोक्ताहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउने कम्पनीको विश्वास छ।घोषणाबारे टिप्पणी गर्दै एन्कर कन्ज्युमर प्रोडक्ट्सका निर्देशक करण शाहले ३० भन्दा बढी देशमा उपस्थिति रहेको एन्करका लागि नेपाल महत्त्वपूर्ण अन्तर्राष्ट्रिय बजार भएको बताए। उनले बटलरको विश्वस्तरीय प्रतिष्ठा र खेल उत्कृष्टताले नेपाली उपभोक्ताहरूसँगको सम्बन्ध अझ बलियो बनाउन मद्दत पुग्ने धारणा राखे।

    त्यस्तै, कम्पनीका क्रिएटिभ निर्देशक कुणाल शाह र मार्केटिङ प्रमुख सन्दीप अब्वीले बटलरको नेतृत्वदायी क्षमता, आत्मविश्वास र उत्कृष्ट प्रदर्शनले एन्करको गुणस्तर र विश्वासको मूल्यलाई सशक्त ढङ्गले प्रतिनिधित्व गर्ने बताए।नयाँ जिम्मेवारीबारे बोल्दै क्रिकेटर जोस बटलरले दैनिक आत्मविश्वास र गुणस्तरको प्रतीक बनेको एन्कर ओरल केयरसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे। उनले मौखिक स्वास्थ्य व्यक्तिगत कल्याणको महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै नेपालभरका उपभोक्ताहरूमाझ स्वस्थ मौखिक स्वच्छताको बानी प्रवर्द्धन गर्ने अभियानमा जोडिन पाउँदा उत्साहित रहेको बताए।

    images
    images

    एन्करले बटलरसँग बेलायत, भारत, नेपाल र मध्यपूर्व लगायतका क्षेत्रका लागि बहुवर्षीय साझेदारी सम्झौता गरेको छ। विगत एक दशकभन्दा बढी समयदेखि नेपाली बजारमा सक्रिय रहेको एन्करले ओरल केयर, पर्सनल केयर तथा होम एन्ड हाइजिन क्षेत्रका गुणस्तरीय उत्पादनहरू बिक्री-वितरण गर्दै आएको छ।हाल नेपाली बजारमा एन्करका १०० प्रतिशत शाकाहारी टुथपेस्ट (ह्वाइट, जेल, हर्बल, सेन्सेटिभ, किड्स) र टुथब्रसहरू आधुनिक तथा परम्परागत व्यापार सञ्जालमार्फत देशभर उपलब्ध छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend