images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • अर्थ मन्त्रालयद्वारा शर्तसहित डीडीसीलाई ...

अर्थ मन्त्रालयद्वारा शर्तसहित डीडीसीलाई ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति

अर्थ मन्त्रालयद्वारा शर्तसहित डीडीसीलाई ६० करोड रुपैयाँ ऋण लगानी गर्ने सहमति

images
images
सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • काठमाडौं । अर्थ मन्त्रालयले शर्तसहित दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थबाट सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो । डीडीसीले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्नुपर्नेछ ।

    images
    images

    चालु आर्थिक वर्षका लागि डीडीसीको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो । यस सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ ।

    डीडीसीबाट दूधको भुक्तानी नपाएको भन्दै किसानले भुक्तानी माग गर्दै आएका छन् । किसानलाई दूधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, डीडीसीका अधिकारीबीच पटक पटक छलफल भएको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend