images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • सेयर बजार सुधारका लागि लगानीकर्ताहरुले गभर्नर...

सेयर बजार सुधारका लागि लगानीकर्ताहरुले गभर्नर पौडेललाई दिए सुझाव

सेयर बजार सुधारका लागि लगानीकर्ताहरुले गभर्नर पौडेललाई दिए सुझाव

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर लगानीकर्ताका विभिन्न संघहरूले  सेयर बजार सुधार गर्नका लागि आवश्यक ६ सुझाव दिएका छन्।

    images
    images

    भेटमा संघहरूले सेयर बजारमा बैंकहरूलाई सहज रूपमा लगानी गर्न दिनुपर्ने, प्राथमिक पुँजीकोषको आधारमा लाग्दै आएको सीमा परिमार्जन गर्नुपर्ने, व्यक्तिगत सेयर धितो कर्जामा राखिएको २५ करोडको सीमा हटाउनुपर्ने सुझाव दिएका हुन्। 

    त्यस्तै, लघुवित्तहरूमा रहेको २५ प्रतिशतसम्मको लाभांश सीमा हटाउनुपर्ने र यस्ता संस्थालाई कार्यसञ्चालनमा पूर्ण स्वतन्त्रता दिँदै प्रतिस्पर्धात्मक बनाउनुपर्ने उल्लेख गरेका छन् ।लगानीकर्ताहरूले बैंक तथा वित्तीय संस्थाहरूले दिने सेयर कर्जाको सीमा परिमार्जन गर्नुपर्ने र गैर आवासीय नेपालीलाई बजारमा प्रवेश गराउने वातावरण बनाउनुपर्ने बताएका छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend