images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • पूर्वी नाकाबाट १५ करोड रुपैयाँको खुदो...

पूर्वी नाकाबाट १५ करोड रुपैयाँको खुदो बङ्गलादेश निर्यात

पूर्वी नाकाबाट १५ करोड रुपैयाँको खुदो बङ्गलादेश निर्यात

images
images
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट गएको आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ ।

    images
    images

    नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गएको आर्थिक वर्षमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको हो ।

    भारतले बङ्लादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवम् क्लियरिङ एजेन्ट नवीन दाहाल बताउनुहुन्छ । उहाँका अनुसार आउँदा दिनमा नेपालबाट खुदो बङ्गलादेश निर्यात हुने क्रम थप बढ्न सक्ने सम्भावना छ । आउँदो कात्तिक/मङ्सिरदेखि उखु पेल्न शुरू भएसँगै ठूलो मात्रामा खुदो बङ्गलादेश निर्यात हुने व्यवसायी दाहालको भनाइ छ ।

    images
    images

    चालू आर्थिक वर्षको भदौ दोस्रो हप्तासम्म तीन हजार पाँच सय ५५ दशमलव ६ मेट्रिक टन अर्थात् पाँच करोड ३१ लाख ९७ हजार रुपैयाँ बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ ।

    नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गालको फूलबारी, बङ्गलादेशको उत्तरी नाका बङ्गलाबन्ध हुँदै बङ्गलादेशसँग व्यापार हुँदै आएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend