images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको...

साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु निर्यात

साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु निर्यात

images
images
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार मूल्य बरावरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ ।

    images
    images

    वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयबाट हुने निर्यात सात दशमलव १६ प्रतिशतले अर्थात रु १७ करोड ७५ लाख एक हजारले बढेको बताए । गत आवको साउनमा रु दुई अर्ब ४७ करोड ९१ लाख ६७ हजार बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।

    कार्यालयका अनुसार सो अवधिमा विशेष गरी जुस जाम, फलामे पाता, जमोठ कपडा, पिना, सेन्थेटिक यार्न, मनोरञ्जनका सामानहरु, बत्तिसा, त्रिफला, कवाज, च्यवनप्राश, कुकुर तथा विरालोको खाना, तयारी कपडा, रेसाको कपडा, कार्पेट र गलैँचालगायत निर्यात भएको छ ।

    images
    images

    कार्यालयका गत साउनमा रु ४९ लाख ४८ हजार आठ सय १८ लिटर जुस जाम निर्यात हुँदा रु ४८ करोड नौ हजार विदेशी मुद्रा भित्रिएको छ । जबकी गत आवको सोही अवधिमा रु ५३ लाख २७ हजार आठ सय ६७ लिटर जुस जाम निर्यातबाट रु ५१ करोड ४१ लाख २२ हजार विदेशी मुद्रा आर्जन भएको थियो ।

    गत साउनमा नाका हुँदै २९ लाख ७७ हजार नौ सय १० किलोग्राम फलामे पाता निर्यात हुँदा रु ३७ करोड ३९ लाख ९१ हजार विदेशी मुद्रा आर्जन भएको छ । गत आवको सोही अवधिमा ३३ लाख ७७ हजार चार सय २० किलोग्राम फलामे पाता निर्यात हुँदा रु ४४ करोड ४५ लाख ८२ हजार विदेशी मुद्रा आर्जन भएको थियो ।

    कार्यालयका अनुसार गत साउनमा जमोठ कपडा ८० हजार दुई सय ६७ किलोग्राम निर्यात हुँदा १६ करोड २२ लाख ६० हजार विदेशी मुद्रा आएको छ । गत आवको सोही अवधिमा एक लाख १२ हजार एक सय ४९ किलोग्राम जमोठ कपडा निर्यात गर्दा रु १९ करोड ४३ लाख २३ हजार विदेशी मुद्रा प्राप्त भएको थियो ।

     

     
     
     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend