images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • असोज २९ गते सानिमा मिडिल तमोरको...

असोज २९ गते सानिमा मिडिल तमोरको दशौं वार्षिक साधारणसभा हुने

असोज २९ गते सानिमा मिडिल तमोरको दशौं वार्षिक साधारणसभा हुने

images
images
मंगलवार, भाद्र ३१ २०८२
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड दशौं वार्षिक साधारण सभा असोज २९ गते बुधबार हुने भएको छ । सभा बिहान ११ बजे हुनेछ ।सभा कुण्डलिनी दरबार ब्याङ्क्वेट, कामनपा ४, चण्डोल, काठमाडौंमा हुने जनाएको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

    images
    images

    सभाले कम्पनीको सञ्चालक समितिबाट प्रस्तुत दशौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन सहित २०८२ आसार मसान्तसम्मको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण एवं तत् सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

    सभाले लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने, एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend