images

२०८३ आश्विन १६ गते

images
images
images

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

images
images
बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाला सुन प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि यही मूल्यमा कारोबार भएको थियो। सोमबार भने सुनको मूल्य २ लाख ११ हजार ६ रुपैयाँ रहेको थियो।

    त्यसैगरी, चाँदीको मूल्यमा भने १० रुपैयाँले गिरावट आएको छ। मंगलबार प्रतितोला २५१५ रुपैयाँमा कारोबार भएको चाँदी, बुधबार २५०५ रुपैयाँमा झरेको छ।

    images
    images

    अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रति औंस ३६४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend