images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • देशव्यापी सार्वजनिक तथा ढुवानी यातायात सेवा...

देशव्यापी सार्वजनिक तथा ढुवानी यातायात सेवा अनिश्चितकालका लागि बन्द

देशव्यापी सार्वजनिक तथा ढुवानी यातायात सेवा अनिश्चितकालका लागि बन्द

images
images
मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौँ । भदौ २४, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभरका सार्वजनिक यातायात तथा मालवाहक सवारी साधन सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ। महासंघले एक विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने स्पष्ट पारेको छ।

    images
    images

    भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनबाट १९ जना विद्यार्थीको मृत्यु भएको र देशभर जनजीवन प्रभावित भई कर्फ्यु लगाउनु परेको घटनाले महासंघलाई गहिरो दुःख दिएको जनाएको छ।

    महासंघले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, नेपाल सरकारसँग घाइतेहरूको उपचारको व्यवस्था मिलाउन आग्रह गर्दै, आफ्ना सदस्य संघ–संस्था, समिति, कम्पनी तथा प्रालिहरुलाई उपचारमा सक्दो सहयोग गर्न समेत अनुरोध गरेको छ।

    images
    images

    विज्ञप्तिमा भनिएको छ, देशभरका विभिन्न स्थानमा कर्फ्यु जारी भई आम जनजीवन प्रभावित भएको हुँदा सार्वजनिक यातायात तथा मालवाहन सेवा सञ्चालन गर्नु असम्भव भएको छ।

    यस कारणले, महासंघले आफ्ना सबै सदस्य संस्था, समिति, कम्पनी तथा प्रालिहरुलाई कुनै पनि यात्रुवाहक वा मालवाहक सवारी साधन सञ्चालन नगर्न तथा नगराउन अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend