images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • दमनप्रति आक्रोश व्यक्त गर्दै कृषिमन्त्री रामनाथ...

दमनप्रति आक्रोश व्यक्त गर्दै कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा

दमनप्रति आक्रोश व्यक्त गर्दै कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा

images
images
मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौँ । भदौ २४, नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। शान्तिपूर्ण आन्दोलनमा राज्यबाट भएको बल प्रयोग र हिंसात्मक दमनको विरोधमा उनले नैतिक जिम्मेवारी लिँदै मन्त्री पदबाट राजीनामा दिएका हुन्।

    images
    images

    नेपाली कांग्रेसका नेता अधिकारी धादिङ–२ क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनी २०८१ असार ३१ गते गठबन्धन सरकारमा सहभागी भई कृषि तथा पशुपन्छी विकास मन्त्री बनेका थिए। कार्यकालभरि किसान र आम नागरिकको पक्षमा काम गर्न पाएकोमा सन्तोष व्यक्त गर्दै उनले लोकतन्त्र र अहिंसा प्रति आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍याएका छन्।

    राजीनामा पत्रमार्फत मन्त्री अधिकारीले २३ भदौमा काठमाडौं लगायत देशभर भएका युवापुस्ताको आन्दोलनमा सुरक्षाकर्मीबाट भएको बल प्रयोग, हत्या र दमनप्रति गम्भीर आपत्ति जनाएका छन्। “देश निर्माणमा सहकार्य गर्नुपर्ने युवापुस्तासँग युद्धजस्तो व्यवहार गर्नु अस्वीकार्य छ,” भनी उनले चेतावनी दिएका छन्, “यस्ता घटनाले लोकतन्त्रको जग कमजोर बनाउँछ।”

    images
    images

    आन्दोलनको क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मूल आत्मा भएको स्पष्ट पारे। साथै, सत्तामा रहेका नेताहरूप्रति उनले असहिष्णुता परित्याग गरी लोकतान्त्रिक मूल्य र मानव अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेका छन्।

    उनको राजीनामा पछिको राजनीतिक अवस्था र कांग्रेस पार्टीको आगामी रणनीतिप्रति चासो बढेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend