images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • बागलुङबाट झण्डै रु ५५ लाखको छुर्पी...

बागलुङबाट झण्डै रु ५५ लाखको छुर्पी निर्यात, बजार भने अमेरिका

बागलुङबाट झण्डै रु ५५ लाखको छुर्पी निर्यात, बजार भने अमेरिका

images
images
मंगलवार, भाद्र २४ २०८२
मंगलवार, भाद्र २४ २०८२
  • काठमाडौँ । भदौ २४,बागलुङ, यस आर्थिक वर्ष २०८१।८२ मा बागलुङबाट झण्डै रु ५५ लाख बराबरको छुर्पी निर्यात गरिएको छ। दूध तथा दुग्धजन्य पदार्थको उत्पादन र वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घका अनुसार चालु वर्षमा रु ५४ लाख ८८ हजार २४० बराबरको छुर्पी निर्यात गरिएको हो।

    images
    images

    सङ्घका अध्यक्ष दीपक गौतमका अनुसार बागलुङमा उत्पादित छुर्पी मुख्य रूपमा अमेरिका निर्यात हुन्छ, जहाँ यो कुकुरको आहाराका रूपमा अत्यधिक रुचाइन्छ। अघिल्लो आव २०८०।८१ मा रु ३८ लाख ५४ हजार बराबरको छुर्पी बिक्री भएको थियो भने यस वर्ष त्योभन्दा रु १६ लाखभन्दा बढीले वृद्धि भएको छ।

    अध्यक्ष गौतमका अनुसार अन्तर्राष्ट्रिय बजारमा छुर्पीको माग उच्च रहेकाले उत्पादन बढाइएको हो। चालु आवमा दुग्ध सहकारीले रु १० करोड ९९ लाख १७ हजार ८५५ बराबरको दूध तथा दुग्धजन्य वस्तुको कारोबार गरेको छ।

    images
    images

    हाल सहकारीले छुर्पी प्रतिकिलो रु १,२०० मा बिक्री गरिरहेको छ। सहकारीमा आबद्ध किसानहरूले दूधको मूल्यमा समानता र बजार सुनिश्चित भएको बताए।

    बागलुङका १५ सहकारी संस्थाबाट दूध सङ्कलन गरी उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवा बजारमा पठाइँदै आएको छ। सहकारीमा आबद्ध १,५०० भन्दा बढी किसान लाभान्वित छन् भने १७ जना कर्मचारीले बागलुङ बजारका घरघरमै दूध आपूर्ति गर्दै आएका छन्।

    यसअघि आव २०७९।८० मा रु २९ लाख बराबरको छुर्पी निर्यात गरिएको थियो। छुर्पीको निर्यात वृद्धि हुनुले स्थानीय दुग्ध किसानहरूमा उत्साह थपिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend