images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • सूचीकृत नभए सम्म सामाजिक सञ्जाल प्लेटफर्महरू...

सूचीकृत नभए सम्म सामाजिक सञ्जाल प्लेटफर्महरू खोल्न नसक्नेः प्रधानमन्त्री केपी शर्मा ओली

सूचीकृत नभए सम्म सामाजिक सञ्जाल प्लेटफर्महरू खोल्न नसक्नेः प्रधानमन्त्री केपी शर्मा ओली

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल नखोल्ने अडानमा छन्। उनले सूचीकृत विना निष्क्रिय पारिएका सामाजिक सञ्जाल नखोल्ने अडानमा रहेका हुन्।

    images
    images

    मन्त्रिपरिषद् बैठक अघि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सामाजिक सञ्जालहरू माथि लगाइएको प्रतिबन्ध हटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बैठकका निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। उनले सामाजिक सञ्जाल दर्ताका लागि कूटनैतिक ढंगबाट पहल गरी तत्कालका लागि मन्त्रिपरिषद्बाट खोल्ने निर्णय गर्न प्रधानमन्त्री सँग आग्रह पनि गरेका थिए।

    images
    images

    यद्यापि प्रधानमन्त्री ओलीले तत्काल सामाजिक सञ्जालहरू माथिको प्रतिबन्ध हटाउन नसकिने जवाफ दिएका थिए। सामाजिक सञ्जाल प्लेटफर्महरूले खुलेआम रुपले दर्ता नगर्ने भनि रहेकाले प्रतिबन्ध हटाउन नसकिने उनले बताएका थिए।

    प्रधानमन्त्री ओलीले सूचीकृत नभए सम्म सामाजिक सञ्जाल प्लेटफर्महरू खोल्न नसक्ने अडान लिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend