images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन...

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौं ।  खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३ गतेबाट निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आज भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम चुक्तापुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको १ः१ अनुपातमा अर्थात शतप्रतिशत जारी गरेको हो।

    images
    images

    जसअनुसार कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ ।हकप्रद सेसयरमा सेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलको कार्यालयका साथै सिटिजन्स बैंकका शाखाहरु कुमारीपाटी, थिमी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा र हेटौँडाबाट आवेदन दिन सक्नेछन्।

    साथै कुमारी बैंकको ललितपुरसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका सी–आस्बा प्रणाली र सीडीएससीको मेरो शेयरबाट शेयर खरिदका लागि आवेदन दिन सकिनेछ।हकप्रद सेयर जारी गर्न कम्पनीले असार २७ गते बुक क्लोज गरेको थियो। यसको मतलब असार २७ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुले यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend