images

२०८३ आश्विन १६ गते

images
images
images

भोजपुर–दिङ्ला सडक निर्माण कार्य जारी

भोजपुर–दिङ्ला सडक निर्माण कार्य जारी

images
images
शनिवार, भाद्र २१ २०८२
शनिवार, भाद्र २१ २०८२
  • काठमाडौँ । भदौ २१, भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने प्रमुख मार्ग भोजपुर–दिङ्ला सडक कालोपत्रे गर्ने कार्य तीव्र गतिमा अघि बढेको छ। कोशी प्रदेश सरकारको रु १ अर्ब २२ करोड ३२ लाख लागतमा दुई खण्डमा यो सडक निर्माण कार्य भइरहेको हो।

    images
    images

    पूर्वाधार विकास कार्यालय भोजपुरका अनुसार, पहिलो खण्ड अन्तर्गत भोजपुर–दिङ्ला–तीनतले १७.५ किमी सडक निर्माणका लागि रु ५८ करोड ४० लाखभन्दा बढीको सम्झौता भई २०८० मङ्सिर देखि काम सुरु गरिएको थियो। २०८२ मङ्सिर सम्ममा काम सम्पन्न गर्ने लक्ष्य सहित निर्माण भइरहेको यो सडकको हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ।

    दोस्रो खण्डमा तीनतले–दिङ्ला १६ किमी सडक निर्माण कार्य जारी छ। रु ६३ करोड ९२ लाखभन्दा बढी लागतमा निर्माण भइरहेको यो सडकको २०८२ पुसमा काम सम्पन्न गर्ने लक्ष्य छ। हालसम्म यस खण्डको २० प्रतिशत भौतिक प्रगति भएको बताइएको छ।

    images
    images

    दुवै खण्डमा आस्फाल्ट प्रविधिबाट कालोपत्रे गरिने जानकारी दिँदै कार्यालय प्रमुख राजनराज रेड्डीले यो सडक भोजपुर सदरमुकामलाई उत्तरी भेगसँग जोड्ने अत्यन्तै महत्त्वपूर्ण पूर्वाधार भएको बताए।

    स्थानीयवासी र जनप्रतिनिधिहरू सडक निर्माणप्रति उत्साहित देखिएका छन्। षडानन्द नगरपालिका–१० की निमा शेर्पाले सडक कालोपत्रे भएपछि कृषि उपजको बजारीकरण, यातायात सहजता तथा वर्षायाममा हुने सास्तीको अन्त्य हुने विश्वास व्यक्त गरिन्।

    यसैगरी, षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले पनि सडक निर्माणले उत्तरी क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने बताए। उनले भने, “सडक निर्माणलाई गुणस्तरीय र समयमा सम्पन्न गराउन नगरपालिकाले आवश्यक भूमिका खेलिरहेको छ।”

    सडकको पहिलो खण्डको जिम्मा निर्माण कम्पनीले लिएको छ। प्रदेश सरकार र स्थानीय तहको समन्वयमा अघि बढाइएको यो आयोजना समयमै सम्पन्न भएमा भोजपुरको समग्र पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend