images

२०८३ आश्विन २५ गते

images
images
images
  • अर्थतन्त्र
  • चितवनको लंकालाइनमा एक अर्ब लगानीमा ‘रिसोर्ट’...

चितवनको लंकालाइनमा एक अर्ब लगानीमा ‘रिसोर्ट’ सञ्चालन

चितवनको लंकालाइनमा एक अर्ब लगानीमा ‘रिसोर्ट’ सञ्चालन

images
images
अर्थ समाचार
सोमवार, आषाढ २४ २०८१
अर्थ समाचार
सोमवार, आषाढ २४ २०८१
  • चितवन । कालिका नगरपालिका–१ स्थित लंकालाइनमा एक अर्ब रुपैयाँभन्दा धेरै लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ ।  हिमाल, पहाड र तराईको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा रिसोर्ट सञ्चालनमा आएको हो । 

    images
    images

    व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट सञ्चालन गर्दै आएका छन् । जहाँ बाह्य पर्यटक हेलिकोप्टरमार्फत पुग्ने गर्दछन् । 

    उनले भने, “लंकालाइनमा सञ्चालित रिसोर्टको विशेषता भनेकै हिमाल, पहाड र तराई सबै भूगोलका परिकार, रहनसहन र संस्कृतिलाई एकै स्थानमा पस्किने नै हो ।”   स्वस्थ रहन रिसोर्टका सबै कोठामा ‘वेलनेस प्रविधि’समेत जडान गरिएका छन् ।

    images
    images

    “रिसोर्टलाई प्रविधि र सेवा सुविधाका दृष्टिकोणले उत्कृष्ट बनाउने प्रयास गरिएको छ । सबै भौगोलिक क्षेत्रअनुसारका संस्कृति, रहनसहन, जनजीवन झल्काउने तीन भिल्ला रिसोर्टमा छन्,” उनले भने, “पौडीपोखरी भिल्लाभित्रै छन् । एउटा भिल्ला सञ्चालनमा आइसकेको छ । दुई सञ्चालनको अन्तिम तयारीमा छन् ।”

    उनका अनुसार दुई बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा थारु सांस्कृति झल्किने आठ कोठा पनि छन्  । रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी मलेसियन नागरिक डोनाल्ड चले निर्वाह गरिरहेका छन् । 

    पर्यटन व्यवसायी लामा, चौधरी र राजेन्द्र महतोको साझेदारीमा उक्त रिसोर्ट सञ्चालनमा आएको हो । व्यवसायी लामाका अनुसार अत्याधुनिक रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको समेत सुविधा रहेको छ । निजी भिल्ला लिएर बस्ने पाहुनाले निजी स्वीमिङ पुल, साउना, ज्याकुचीलगायतको सुविधा पाउनेछन् ।

    यहाँ हिमाल वरपरको स्याउका परिकार, भिर मौरीको मह, यार्सागुम्बालगायत जडीबुटी, जडीबुटीबाट निर्मित तेल, हिमाली खाद्यान्न बिक्रीका लागि राखिएका छन् । “चितवनको थारु परिकार, जनजीवन रिसोर्टमा पाइन्छ । रिसोर्टमा हालसम्म रु ५० करोडभन्दा बढी लगानी भइसकेको छ,” व्यवसायी लामाले भने, “आगामी ६ महिनाभित्रमा पूर्णरुपमा सञ्चालन आउँदै गर्दा लगानी रु एक अर्ब माथि नै पुग्नेछ ।” 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend