images

२०८३ आश्विन २५ गते

images
images
images
  • विश्व
  • एकदिवसीय मान्यता जोगाउन नेपाललाई क्यानडाविरुद्धको खेल...

एकदिवसीय मान्यता जोगाउन नेपाललाई क्यानडाविरुद्धको खेल महत्त्वपूर्ण, आज भिड्दै

एकदिवसीय मान्यता जोगाउन नेपाललाई क्यानडाविरुद्धको खेल महत्त्वपूर्ण, आज भिड्दै

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा नेपालले आज क्यानडासँग खेल्दैछ । यो खेल ओमानको अलअमिरातमा नेपाली समयअनुसार मध्यान्ह पौने १२ बजेदेखि शुरु हुनेछ । नेपालले शृंखलामा क्यानडा र ओमानसँग गरी समान दुई/दुई खेल खेल्नेछ ।

    images
    images

    यसमध्ये तीन खेलमा जित निकाल्न सकेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ । चारमध्ये कम्तीमा तीन खेल जिते नेपाल शीर्ष ६ भित्र पर्दै एकदिवसीय मान्यता सुरक्षित हुन सक्छ । लिग–२ अन्तर्गतको खेलमा ओमानले क्यानडालाई हराएसँगै नेपाल शीर्ष–४ मा पर्ने सम्भावना सकिएको थियो । योसँगै नेपालले अब प्लेअफ खेल्नेछ । नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । लिग–२ अंकतालिकामा ओमानको २९ खेलबाट ३३ अंक भएको छ ।

    नेपालको ३२ खेलबाट २४ अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा ३२ अंक पुग्न सक्छ । अमेरिका ३४ खेलबाट ४७ अंकसहित लिग–२ को च्याम्पियन भैसकेको छ । स्कटल्यान्डको ३६ खेलबाट ४५ अंक छ भने नेदरल्यान्ड्सको ३२ खेलबाट ३८ अंक छ ।चौथो स्थानको ओमानको २९ खेलबाट ३३ अंक, पाँचौंको नामिबियाको ३५ खेलबाट ३१ अंक, छैटौंको क्यानडाको ३३ खेलबाट २५ अंक छ । नेपाल ३२ खेलमा २४ अंकसहित सातौंमा छ भने यूएई ३१ खेलबाट १९ अंकसहित आठौंमा छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend