काठमाडौँ । भदौ १९, प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन्। उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागिता जनाएका थिए।
प्रधानमन्त्री ओलीले २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ गते चीनको तियाञ्जिन भ्रमण गरेका थिए। भ्रमणका क्रममा एससिओ शिखर सम्मेलनमा सहभागिता जनाउनुका साथै द्विपक्षीय भेटवार्ता तथा विभिन्न उच्चस्तरीय कार्यक्रमहरूमा सहभागी भएका थिए।
स्वदेश फर्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले स्वागत गरेका थिए।




.gif)





