images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • निजी विद्यालय सञ्चालकले काठमाडौँ जानु अघि...

निजी विद्यालय सञ्चालकले काठमाडौँ जानु अघि गरे जिल्लास्तरीय अन्तिम प्रदर्शन

निजी विद्यालय सञ्चालकले काठमाडौँ जानु अघि गरे जिल्लास्तरीय अन्तिम प्रदर्शन

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • जनकपुरधाम । नयाँ शिक्षा ऐनले निजी विद्यालय बन्द हुने भन्दै जिल्लास्तरीय आन्दोलनमा उत्रिएका निजी विद्यालय सञ्चालकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएका छन् । सोही क्रममा धनुषाका निजी विद्यालय सञ्चालकले काठमाडौँ जानु अघि बुधबार जनकपुरधाममा जिल्लास्तरीय अन्तिम विरोध प्रदर्शन गरेका छन् ।निजी विद्यालय सञ्चालकहरूको संगठन प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनमा आवद्ध विद्यालयहरूले आफ्नो विद्यालय भवनदेखि विरोध ¥याली निकाल्दै जनकपुरधामका विभिन्न चोक परिक्रमा गरेर जिल्ला प्रहरी कार्यालय अगाडि कोण सभा गरेका थिए ।

    images
    images

    कोण सभामा धनुषा जिल्ला प्याब्सनका अध्यक्ष नवल यादवले आजको विरोधलाई जिल्लास्तरीय अन्तिम आन्दोलनका रूपमा लिएको जानकारी दिए । उनले भदौ २३ गतेदेखि सम्पूर्ण निजी विद्यालय सञ्चालक काठमाडौँ पुगेर विभिन्न दलका शीर्ष नेताहरूसँग भेट गरी आफ्ना मागबारे ध्यानाकर्षण गराउने बताए ।

    भदौ २५ गते काठमाडौँमा बृहत् विरोध र्‍याली निकाल्ने कार्यक्रम रहेको यादवले जानकारी दिए । उनले आफूहरूको माग सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन निरन्तर जारी रहने चेतावनी दिएका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend