images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • रानी जमराको कृषि कार्यक्षेत्र सात स्थानीय...

रानी जमराको कृषि कार्यक्षेत्र सात स्थानीय तहमा विस्तार

रानी जमराको कृषि कार्यक्षेत्र सात स्थानीय तहमा विस्तार

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • कैलाली । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्षेत्र घोडाघोडी र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, तथा बर्दगोरिया गाउँपालिकासहित सात स्थानीय तहमा विस्तार भएको छ । कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरतप्रसाद कँडेलका अनुसार विश्व बैंकको ऋण सहयोगमा तेस्रो चरणको कार्यक्रम

    images
    images

    आयोजना कार्यान्वयन भएसँगै बिजवृद्धिमा प्रगति भएको छ । टीकापुर क्षेत्रबाट देशका १४ जिल्लामा उन्नत बीउ निर्यात हुँदै आएको छभने आयोजनाले केराखेती विस्तारमा गरेको सहयोगले टीकापुरमा ४५० हेक्टर क्षेत्रमा केराखेती हुँदै आएको छ । सागसब्जीखेतीबाट किसानलाई आत्मनिर्भर बनाएको छ । वसन्ते मकैखेती विस्तारमा आयोजनाले काम गरिरहेको छ भने किसानलाई आधुनिक कृषिमा आकर्षित गर्न यान्त्रिकीकरणमा सहयोग रहेको एकाइ प्रमुख कँडेल बताउछन् ।

    आयोजनाको तेस्रो चरणमा चैते धान विस्तार, वसन्ते मकै उत्पादन, आलु उत्पादनलाई बढी प्राथमिकता दिएर किसानलाई सहयोग गर्ने तयारी गरेको छ । चैते धानको उत्पादन उत्साहवर्धक भइरहेको र आयोजनाले सिँचाइको पहुँच पुर्याउने भएकाले चैते धानको उत्पादन मनग्गे हुने आयोजनाको विश्वास छ । त्यसैगरी मकै उत्पादनमा जोड दिँदै पशुपन्छीको दानामा किसानलाई आत्मनिर्भर बनाउनतर्फ आयोजनाले ध्यान दिइएको छभने आयोजनाले आलुखेतीलाई रणनीतिक बालीका रूपमा अगाडि बढाउने योजना रहेको प्रमुख कँडेलले बताए । कृषि उपज भण्डारण गर्न एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएको छ । तेस्रो चरणको कार्यक्रम सन् २०३१ सम्म सञ्चालन हुनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend