images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • खाद्य उद्योगलाई अनलाइनबाटै अनुमति, विभागले सुरु...

खाद्य उद्योगलाई अनलाइनबाटै अनुमति, विभागले सुरु गर्‍यो ‘नेफिल्स’ प्रणाली

खाद्य उद्योगलाई अनलाइनबाटै अनुमति, विभागले सुरु गर्‍यो ‘नेफिल्स’ प्रणाली

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योग दर्ता, अनुमतीपत्र जारी तथा नवीकरणका लागि ‘नेपाल फुड एण्ड फिड इन्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणालीको शुभारम्भ गरेको छ । सरकारी सेवालाई अनलाइनमार्फत सहज बनाउने विभागको रणनीतिअन्तर्गत विभागले आफ्नो वेभसाइटमार्फत यो सेवा उपलब्ध गराइएको हो।

    images
    images

    मंगलबार आयोजित उद्घाटन कार्यक्रममा विभागमा महानिर्देशक  सञ्जीव कुमार कर्माचार्यले प्रणालीको उद्घाटन गर्दै त्यसको महत्वबारे प्रकाश पारे । कार्यक्रममा काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक क्षेत्रका ७० भन्दा बढी खाद्य उद्योगी तथा विभिन्न छाता संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई नेफिल्स प्रणालीबाट सेवा कसरी लिने भन्नेबारे डेमोन्स्ट्रेसन र भिडियोमार्फत जानकारी गराइएको थियो।

    कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले यस प्रणालीबाट छिटो, छरितो र पारदर्शी सेवा प्राप्त हुनुपर्नेमा जोड दिए । यद्यपि, उनीहरूले प्रणालीको सफलता विभागका कर्मचारीहरूको तत्परता र सहयोगमा निर्भर रहनेमा जोड दिएका छन्। महानिर्देशक कर्माचार्यले यो प्रणाली खाद्य स्वच्छता तथा गुणस्तर ऐन अनुसार उक्त प्रणालीको विकास गरिएको जानकारी दिए । यो प्सरणालीबाट दर्ता, अनुमतिपत्र र नवीकरण सेवाहरू उपलब्ध हुनेछन्।निर्देशक कर्माचार्यले यो प्रणाली ‘पेपरलेस’ र ‘फेसलेस’ हुने भएकाले सेवाग्राहीले आफ्ना निवेदनको स्थिति (पेन्डिङ, स्वीकृत वा अस्वीकृत) अनलाइनबाटै हेर्न सक्ने बताए । यसबाट इमेलमार्फत सूचना प्राप्त हुने, अभिलेखहरू सुरक्षित र डिजिटल रूपमा भण्डारण हुने, तथा पारदर्शिता र जवाफदेहिता वृद्धि हुने जस्ता थुप्रै फाइदाहरू रहेको उनले जानकारी दिए । उद्योगीहरूले देशका जुनसुकै स्थानबाट पनि इन्टरनेट प्रयोग गरी सेवामा पहुँच पाउने हुँदा कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति मिल्ने र समय, श्रम तथा खर्चमा ठुलो बचत हुने कर्माचार्य बताउँछन् ।

    images
    images

    हाल यो प्रणाली काठमाडौँ र हेटौँडास्थित कार्यालयहरूबाट सञ्चालनमा आएको छ भने विभागले चाँडै नै यसलाई देशभरका सबै कार्यालयहरूमा विस्तार गर्ने योजना बनाएको छ। विभागले सेवाग्राहीको सुझाव र प्रतिक्रियालाई आत्मसात गर्दै प्रणालीलाई निरन्तर सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend