images

२०८३ आश्विन २४ गते

images
images
images

मकवानपुरमा उद्योग बन्द हुने क्रम बढ्दो

मकवानपुरमा उद्योग बन्द हुने क्रम बढ्दो

images
images
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • काठमाडौं । पछिल्लो पाँच वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यापार दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दै गएको छ । विश्वव्यापी रुपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी कम हुनु, पुँजीको अभाव, दोहोरो दर्ताको व्यवस्था लगायतका कारण यहाँ बर्सेनी नयाँ उद्योग व्यापार दर्ता घट्दै र बन्द हुने क्रम बढ्दै गएको हो ।

    images
    images


    उद्योग तथा वाणिज्य कार्यालयका अनुसार मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ नयाँ उद्योग व्यापार दर्ता भएको  छ, भने सो आवमा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फ तीन सय ३६ उद्योग व्यापार बन्द भएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९/८० मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० नयाँ उद्योग व्यापार दर्ता हुदाँ उद्योगतर्फ र वाणिज्यतर्फका गरी दुई सय ८३ वटा उद्योगको लगतकट्टा गरिएको थियो ।

    यसअघि आव २०७८/७९ मा उद्योगतर्फ सात सय ६७ र वाणिज्यतर्फ सात सय ७० नयाँ दर्ता भएको थियो । सो आर्थिक वर्षमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी एक सय १० वटा उद्योग व्यापारको मात्र लगतकट्टा भएकोे थियो । आव २०७७/७८ मा उद्योगतर्फ आठ सय २० र वाणिज्यतर्फ आठ सय १० नयाँ उद्योग व्यापार दर्ता भएकामा सो आवमा उद्योगतर्फ र वािण्ज्यतर्फ गरी तीन सय ४० उद्योगको लगतकट्टा गरिएको सो कार्यालयको तथ्याङकले देखाएको छ ।

    images
    images

    आव २०७६/७७ मा उद्योगतर्फ एक हजार पाँच सय ३६ र वाणिज्यतर्फ एक हजार पाँच सय २५ नयाँ उद्योग व्यापार दर्ता भएको थियो । सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फका गरी दुई सय ४० उद्योग व्यापारको लगतकट्टा गरिएको थियो । यसरी पछिल्लो पाँच वर्षको अवधिमा नयाँ उद्योग व्यापार दर्ता घट्दै जाँदा उद्योग व्यापार बन्द हुने क्रम बढ्दै गएको छ ।

    विभिन्न निकायबाट अनुदान प्राप्त गर्न उद्योग व्यवसाय दर्ता गराउने र अनुदान पाइसकेपछि बन्द गर्ने प्रवृति, छोराछोरीलाई विदेश पठाउन व्यावसायिक पुँजी देखाउनका लागि मात्र व्यापार व्यवसाय दर्ता गराउने र पछि छोराछोरी विदेश गएपछि व्यापार व्यवसाय बन्द गर्ने, व्यापार घाटा हुनु र उद्योग कार्यालयमा दर्ता भएपछि स्थानीय तहमासमेत दर्ता गराउनुपर्ने दोहोर व्यवस्थाका कारण पनि उद्योग व्यापार दत्र्ता भन्दा बन्द गराउने क्रम बढ्ेको प्रमुख भुसालको भनाइ छ । लामो समयदेखिको आर्थिक मन्दिका कारण हेटौँडामा सटरको भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुने क्रम बढदै गएको छ । यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेका छन् ।

    तीन करोड २२ लाख राजस्व सङ्कलन

    उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रु तीन करोड २२ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ ।  सो कार्यालयका अनुसार उद्योगतर्फ नयाँ उद्योग दर्ता, नवीकरण, नामसारी, पुँजी वृद्धि खारेजी, ठाउँसारी लगायतका शीर्षकबाट रु एक करोड ५१ लाख २५ हजार तथा वाणिज्यतर्फ नयाँ दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, पुँजीवृद्धि, प्रतिलिपी लगायतका शीर्षकबाट रु एक करोड ६१ लाख ९९ हजार राजस्व सङ्कलन भएको छ ।  सो अवधिमा एक सय ७६ महिला र एक सय ९० पुरुष नयाँ उद्यमीका  रुपमा थपिएका प्रमुख भुषालले बताउनुभयो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend