images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • पिपुल्स पावरको ३ लाख ९१ हजार...

पिपुल्स पावरको ३ लाख ९१ हजार बढी कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा

पिपुल्स पावरको ३ लाख ९१ हजार बढी कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं । पिपुल्स पावरले आज भदौ १५ गतेबाट ३ लाख ९१ हजार बढी कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ ।कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म आफ्ना सेयरधीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो। तोकिएको समयमा बिक्री हुन नसकेको ३ लाख ९१ हजार ७७९ कित्ता सेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको हो ।

    images
    images

    अब यो सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ। बोलपत्र पेस गर्दा लगानीकर्ता न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बिक्री गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम संख्याका लागि कुनै हद लाग्ने छैन।

    लगानीकर्ताले सेयर खरिदका लागि बोलपत्र यही भदौ २२ गतेसम्म पेस गर्नुपर्नेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयका साथै प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend