images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • म्याग्दीमा कोदोको बिस्कुट उत्पादन सुरु, पर्यटन...

म्याग्दीमा कोदोको बिस्कुट उत्पादन सुरु, पर्यटन र कृषिमा योगदान

म्याग्दीमा कोदोको बिस्कुट उत्पादन सुरु, पर्यटन र कृषिमा योगदान

images
images
शनिवार, भाद्र १४ २०८२
शनिवार, भाद्र १४ २०८२
  • काठमाडौँ । म्याग्दी जिल्लाको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको संगमस्थल टोड्केमा स्थानीय बालीको उपयोग गर्दै बिस्कुट उत्पादन गर्ने उद्योग स्थापना गरिएको छ।

    images
    images

    गण्डकी प्रदेश सरकार र रघुगङ्गा गाउँपालिकाको संयुक्त लगानीमा झिँका कृषक समूहले टोड्के हिल रिसोर्ट तथा होमस्टेमा जौँ, उवा, कोदो र फापरजस्ता परम्परागत बाली प्रशोधन गरी बिस्कुट उत्पादन सुरु गरेका छन्।

    रघुगङ्गा–५ का वडा अध्यक्ष मनबहादुर शेरमञ्जाका अनुसार कोदोको बिस्कुट परीक्षण उत्पादन सफल भइसकेको छ भने अब फापर, जौँ र उवाबाट पनि बिस्कुट बनाउने तयारी भइरहेको छ। उक्त उद्योगका लागि आवश्यक मिल, प्रशोधन उपकरण तथा कुकीज बनाउने मेसिन जडान गरिएको छ।

    images
    images

    २,३०० मिटरको उचाइमा अवस्थित पर्यटकीयस्थल टोड्केबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलासहितका प्राकृतिक दृश्य अवलोकन गर्न सकिने भएकाले यो परियोजनाले कृषिको साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। टोड्के हिल रिसोर्ट तथा होमस्टेका सञ्चालक भिम शेरचनले उद्योगले स्थानीय किसानका उत्पादनलाई बजारमा ल्याउने माध्यम बनेको बताए।

    परम्परागत बालीको संरक्षण तथा व्यवसायिक उत्पादन प्रवर्द्धन गर्न आर्थिक वर्ष २०८१।०८२ मा सुरु गरिएको जौँ र उवा ‘ब्राण्डिङ’ परियोजना मार्फत ३०० रोपनी क्षेत्रफलमा खेती विस्तार गरिएको छ।

    परियोजना अन्तर्गत ७५ प्रतिशत अनुदानमा कृषकलाई ३० वटा मिनिटेलर हलो, १८ वटा थ्रेसर, १९ वटा कम्बाइन मेसिन, ८२ वटा ब्रस कटर, १६६ थान त्रिपाल, १०० वटा मेटल बिन, विभिन्न साइजका पानी पाइप लगायतका उपकरण वितरण गरिएको छ।

    किसानहरूलाई बालीको महत्वबारे जानकारी दिँदै प्रविधिमैत्री तालिम प्रदान गरिएको छ भने झिँका होटल तथा होमस्टे सञ्चालकलाई जौँ र उवाका परिकार बनाउने सीप समेत प्रदान गरिएको छ।

    उद्योग सञ्चालन सँगै रैथाने बालीको संरक्षण, उत्पादन बृद्धि, बजार पहुँच र ग्रामीण पर्यटनलाई एकैपटक प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend