images

२०८३ आश्विन २४ गते

images
images
images

बैंकहरूबाट २१ दिनको लागि ४० अर्ब तान्दै राष्ट्र बैंक

बैंकहरूबाट २१ दिनको लागि ४० अर्ब तान्दै राष्ट्र बैंक

images
images
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • काठमाडौं । राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्ने भएको छ।बुधबार निक्षेप संकलन विधिबाट २१ दिनको लागि राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ प्रणालीबाट उठाउन लागेको हो।

    images
    images

    यसअघि गत भदौ २ गते पनि राष्ट्र बैंकले निक्षेप संकलनमार्फत ४० अर्ब रूपैयाँ उठाउन आह्वान गरेकोमा बैंकहरूले २३ अर्ब ६० करोड राखेका थिए।

    बैंकहरूले औसत २.८८ प्रतिशत ब्याजमा यो रकम राखेका हुन्।भदौ ११ सम्ममा राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा अन्तर्गत पटक–पटक गरेर ५१ खर्ब ६ अर्ब रूपैयाँ उठाएको छ। यसमध्ये एक खर्ब ७४ अर्ब रूपैयाँ बैंकिङ प्रणालीमा फिर्ता हुन बाँकी छ।

    images
    images

    त्यस्तै, विभिन्न उपकरणमार्फत बैंकिङ प्रणालीबाट तानेको मध्ये कुल तीन खर्ब १० अर्ब रूपैयाँ राष्ट्र बैंकमै छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend