images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • धनगढीमा अत्याधुनिक दमकल सञ्चालनमा, तीन मिनेटमै...

धनगढीमा अत्याधुनिक दमकल सञ्चालनमा, तीन मिनेटमै सेवा दिने तयारी

धनगढीमा अत्याधुनिक दमकल सञ्चालनमा, तीन मिनेटमै सेवा दिने तयारी

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • काठमाडौँ । भाद्र १३, धनगढी उपमहानगरपालिकाले अत्याधुनिक प्रविधि युक्त दमकल सञ्चालनमा ल्याएको छ। बुधवार आयोजित एक विशेष समारोहमा नगर प्रमुख गोपाल हमालले दमकलको औपचारिक उद्घाटन गरे।

    images
    images

    पाँच हजार लिटर पानी अटाउने क्षमतायुक्त उक्त दमकलमा आगलागी नियन्त्रणका लागि आवश्यक रसायन राख्ने विशेष सुविधा पनि उपलब्ध छ। नगर प्रमुख हमालका अनुसार, नगरका आठ स्थानमा फायर हाइड्रेन्ट स्थापना भइसकेको छ, जसले दमकलमा छिटो र सहज पानी भर्ने व्यवस्था सुनिश्चित गर्नेछ।

    हरघडी नगर प्रहरी भन्ने नारालाई व्यवहारिक बनाउँदै उपमहानगरले विपद् व्यवस्थापनमा सुदूरपश्चिममै अग्रणी भूमिका निर्वाह गरिरहेको दाबी नगर प्रमुख हमालले गरे। उनले आगलागीको सूचना प्राप्त भएको तीन मिनेटभित्रै दमकल परिचालन हुने व्यवस्था मिलाइएको जानकारी समेत दिए।

    images
    images

    धनगढी उपमहानगरपालिकाले नयाँ प्रविधियुक्त दमकल खरिदमा ६६ लाख रुपैयाँ खर्च गरेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend