images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • मधेशमा हैजाको प्रकोप बढ्दै, सङ्क्रमितको सङ्ख्या...

मधेशमा हैजाको प्रकोप बढ्दै, सङ्क्रमितको सङ्ख्या ५४० पुग्यो

मधेशमा हैजाको प्रकोप बढ्दै, सङ्क्रमितको सङ्ख्या ५४० पुग्यो

images
images
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं । मधेश प्रदेशमा फैलिएको हैजाको प्रकोप बढ्दै गएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) को तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ सय १५ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै सङ्क्रमितको सङ्ख्या ५ सय ४० पुगेको छ । संक्रमितमध्ये २ सय ५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ सय ८३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाको छ । 

    images
    images

    सबैभन्दा बढी प्रभावित क्षेत्र वीरगन्ज महानगरपालिका रहेको छ। नारायणी अस्पतालमा हाल १५८ सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्र ६२ जना नयाँ बिरामी भर्ना भएका छन्।यस्तै, तराई अस्पतालमा ४२ सक्रिय संक्रमितको उपचार भइरहेको छ भने थप १० नयाँ सङ्क्रमित पुष्टि भएका छन् । वीरगन्ज हेल्थ केयर अस्पतालमा पनि २४ सक्रिय र ८ नयाँ बिरामी भर्ना भएका छन् ।

    त्यसैगरी, बाराको कलैया अस्पतालले एक नयाँ सङ्क्रमित केस पुष्टि गरेको छ। सो बिरामीको वीरगन्ज यात्राको इतिहास रहेको जनाइएको छ। पर्साको पोखरिया नगरपालिकास्थित अस्पतालमा पनि ८ नयाँ सङ्क्रमित दर्ता भएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend