images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • साउन पहिलो महिनामै नेपालमा ४१...

साउन पहिलो महिनामै नेपालमा ४१ करोड बराबरको विद्युतीय चुलोहरु आयात, चीनबाट सबैभन्दा धेरै

साउन पहिलो महिनामै नेपालमा ४१ करोड बराबरको विद्युतीय चुलोहरु आयात, चीनबाट सबैभन्दा धेरै

images
images
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा नेपालमा ४१ करोड ७९ लाख ३० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

    images
    images

    भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ५ देशहरुबाट उक्त मूल्य बराबरका २१ हजार १०६ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो। यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ५९ लाख ३२ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

    यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ। यीमध्ये सबैभन्दा धेरै चीनबाट ३८ करोड २९ लाख ७० हजार बराबरको १९ हजार ३६७ थान तथा भारतबाट ३ लाख ४४ हजार ५०० बराबरको १ हजार ७ सय २५ थान चुलो आएको छ।

    images
    images

    यीबाहेक सिंगापुरबाट १ हजार बराबरको १ थान, मलेसियाबाट ३२ हजार बराबरको ६थान तथा यूएईबाट १८ हजार बराबरको ७ थान चुलो आएको पाइएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend