images

२०८३ आश्विन १६ गते

images
images
images

निर्माणाधीन पक्की पुल पाँच वर्षदेखि अलपत्र

निर्माणाधीन पक्की पुल पाँच वर्षदेखि अलपत्र

images
images
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • काठमाडौँः सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने ब्रह्मायणी नदीमाथिको पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ। दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लिइएको उक्त पुल अझै निर्माण सम्पन्न नहुँदा स्थानीयवासीहरू हैरान भएका छन्।

    images
    images

    रु आठ करोड लागतमा निर्माणाधीन ६३ मिटर लामो उक्त मोटरेबल पक्की पुलको शिलान्यास २०७८ चैत २३ गते तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले गरेका थिए। निर्माणको जिम्मा सूर्य जेभी निर्माण कम्पनीले लिएको थियो।

    जुगल गाउँपालिकाका उपाध्यक्ष हिमाल श्रेष्ठका अनुसार स्थानीय सरकारको पटक–पटकको आग्रहपछि पनि ठेकेदार कम्पनीले काम अघि बढाउन चासो देखाएको छैन। ूमुख्य ठेकेदारले पेटी ठेकेदारलाई जिम्मा दिएर आफू सम्पर्क विहीन हुँदा समस्या झन् जटिल भएको छू, उपाध्यक्ष श्रेष्ठले बताए।

    images
    images

    ठेकेदार कम्पनी सूर्य जेभीका प्रोप्राइटर गणेश आर्चायले पुलको डिजाइन एप्रुभ भइसके पनि चरिकोट सडक डिभिजन कार्यालयले भिओ (भेरिएसन अर्डर) नदिएको कारण काम अघि नबढेको दाबी गरेका छन्। “हामी काम गर्न चाहन्थ्यौँ, तर डिभिजन कार्यालयले भिओ नदिएको र दुई वर्ष देखिका बिल भुक्तानी पनि रोकेको छ”, आर्चायले भने।

    तर, सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख आकाश श्रेष्ठले भने निर्माण कम्पनीको काम अल्मलिनुको दोष कार्यालयमा नभएको स्पष्ट पारे। “पुलको बिचको पिलर १० इन्च फरक परेको थियो, जसको ड्रइङ पुनः निर्माण गरेर एप्रुभ भइसकेको छ। अब भिओ र बिल भुक्तानी रोकिँदैन”, श्रेष्ठले जानकारी दिए।

    जुगल–५ का वडाध्यक्ष रविन्द्र घिमिरेले पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले जोखिम पूर्ण झोलुङ्गे पुल प्रयोग गर्न बाध्य भएको बताए। “झोलुङ्गे पुल जीर्ण भएकाले दैनिक आवाजजावतमा जोखिम बढेको छ”, उनले चिन्ता व्यक्त गरे।

    पाँच वर्षदेखि अलपत्र परेको यो परियोजना कहिले सम्पन्न हुने भन्नेबारे अझै अन्योल रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend