images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति...

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको समर्थन बिक्री मूल्यमा वृद्धि गरेको छ । बिहीबारदेखि लागू हुने गरी चितवनलाई आधार मानेर नयाँ मूल्य सूची सार्वजनिक गरिएको हो । बुधबार सङ्घको बैठकको निर्णयअनुसार मूल्य समायोजन गरिएको हो ।

    images
    images

    सङ्घद्वारा जारी नयाँ मूल्य सूची अनुसार अब ठुलो अण्डाको मूल्य प्रति क्रेट ५३० रुपैयाँ र मिडियम अण्डाको मूल्य प्रति क्रेट ५१५ निर्धारण गरिएको छ । सङ्घले चितवनबाट बाहिर पठाइने अण्डाका लागि लाग्ने ढुवानी तथा प्याकेजिङ खर्च पनि बढाएको छ । अब भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी  १४० अतिरिक्त शुल्क लाग्ने भएको छ ।

    यो नयाँ मूल्य यसअघि  साउन ६ गतेदेखि लागू भएको मूल्यभन्दा केही बढी हो ।  पुरानो मूल्य सूची अनुसार ठुलो अण्डा प्रति क्रेट  ५२५ मा बिक्री भइरहेको थियो भने मिडियम अण्डाको मूल्य   ४९५   थियो ।    मिडियम अण्डाको मूल्य ह्वात्तै बढेको छ ।  २० रुपैयाँ प्रतिक्रेट मिडियम अण्डा  बढ्दा ५ रुपैयाँ  ठुलो अण्डाको मूल्यमा प्रति क्रेट  वृद्धि भएको छ । त्यसैगरी यसअघि प्रति पेटी रु. १३० रहेको ढुवानी तथा प्याकेजिङ खर्चमा पनि १० रुपैयाँले वृद्धि गरी रु. १४० पुर्‍याइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend