images

२०८३ आश्विन १५ गते

images
images
images
  • कृषि
  • गुल्मीमा १२१ हेक्टर क्षेत्रफलमा चक्लाबन्दी प्रणालीमा...

गुल्मीमा १२१ हेक्टर क्षेत्रफलमा चक्लाबन्दी प्रणालीमा खेती

गुल्मीमा १२१ हेक्टर क्षेत्रफलमा चक्लाबन्दी प्रणालीमा खेती

images
images
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • गुल्मी । गुल्मी जिल्लामा कृषिको आधुनिकीकरण र व्यावसायिक करणमार्फत उत्पादन वृद्धिको लक्ष्यसहित चक्लाबन्दी प्रणालीमा खेती प्रणाली प्रभावकारी रूपमा अगाडि बढिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत हालको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बाट आर्थिक वर्ष २०७७÷०७८ देखि चक्लाबन्दी खेती सुरु भएको हो ।हालसम्म जिल्लाका विभिन्न २१ वटा समूह तथा सहकारी संस्थामार्फत १२१ हेक्टर क्षेत्रफलमा चक्लाबन्दी प्रणालीमा खेती गरिँदै आएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई परियोजना गुल्मीका प्रमुख रमेश जैसवालले बताउनुभयो । यस अवधिमा तरकारी, मकै, कफी, ओखर र सुन्तलाजस्ता बालीमा प्रविधियुक्त कृषि प्रणाली प्रयोग गरिँदै आएको छ ।

    images
    images

    सुरु आती वर्ष २०७७÷०७८ मा ७ वटा समूहले चक्लाबन्दी खेती सुरु गरेका थिए भने २०७८÷०७९ र २०७९÷०८० मा समान रूपमा ५÷५ वटा, २०८०÷०८१ र २०८१÷०८२ मा २÷२ वटा समूहले यस प्रणाली अँगालेका छन् । गत आर्थिक वर्ष २०८१÷०८२ मा रेसुङ्गा नगरपालिका–४ को अर्खलेस्थित कृषि बहुउद्देश्यीय सहकारी फर्ममा सुन्तला खेती र रेसुङ्गा नगरपालिका–६ सिमाघाटस्थित आरएनपी नवोदय बहुउद्देश्यीय कृषि फर्ममा तरकारी खेतीमा चक्लाबन्दी प्रविधि लागू गरिएको थियो ।योजना कार्यान्वयन इकाईले यी स्थानहरूमा लागत साझेदारीको आधारमा चक्लाबन्दी प्रणाली लागू गरेको छ । कुल लागत १९ लाखमध्ये ५० प्रतिशत कार्यालयले र बाँकी ५० प्रतिशत कृषकले लगानी गरेका छन् ।

    कार्यालयमार्फत स्थायी टनेल निर्माण, सिँचाइ सुविधा, उन्नत बीउ, मल तथा आवश्यक उपकरण र प्राविधिक सहायता उपलब्ध गराइएको छ । यसले वर्षभरि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।परियोजना सुरु भएको केही वर्षमै यसको प्रभाव देखिन थालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । चक्लाबन्दी खेती प्रणालीले कृषकहरूको आम्दानीमा वृद्धि, उत्पादनमा गुणस्तर सुधार र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान दिएको कार्यालय प्रमुख प्रमुख जैसवालले बताउनुभयो ।कृषिमा आधुनिक प्रविधिको प्रयोगमार्फत गाउँ गाउँमा परिवर्तनको लहर देखिन थालेको छ ।  जसले दीर्घकालीन कृषि समृद्धिको आशा जगाएको छ ।

    images
    images

    उत्पादन बढाउने लक्ष्य
    १० वर्षदेखि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–६ सिमाघाटमा अवस्थित आर एन पि नवोदय बहुउद्देश्यीय कृषि फर्ममा प्रेम नेपालीको फर्ममा अहिले चक्ला बन्दी प्रविधिको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न लाग्नु भएको छ । परम्परागत खेती प्रणालीलाई छाडेर नयाँ प्रविधि र प्रणालीमा आधारित कृषि अभ्यासलाई आत्मसाथ गर्दै नेपालीले तरकारी खेतीलाई सफल व्यावसायिक पेसाको रूपमा अगाडि बढाइ रहेका छन् ।परियोजनाले चक्ला बन्दी मार्फत लागत साझेदारीमा सहयोग गर्दै आएको छ । जस अनुसार कुल १९ लाख मध्ये कार्यालयको ५० प्रतिशत र ५० प्रतिशत  कृषकको लगानी रहेको छ । यस वर्ष कार्यालय मार्फत १४ वटा स्थायी टनेल र ५ वटा अस्थायी टनेल निर्माण भएका छन् ।जसले बाह्रै मास मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न सहज हुने अपेक्षा गरिएको छ । परियोजनाले तीन वर्षसम्म उपकरण, सिँचाइ, उन्नत बीउ, मल तथा प्राविधिक सहयोग उपलब्ध गराउने गर्दछ ।

    चक्ला बन्दी प्रविधिको माध्यमबाट खेती गर्दा उत्पादन व्यवस्थापन सजिलो हुनुका साथै भूमि उपयोगमा पनि सुधार आउने अपेक्षा गरिएको छ । नेपालीले भाडामा लिएको १४० रोपनी जग्गामा गोलभेँडा, काँक्रो, बोडी, फूलकोबी, बन्दा, साथै धान र मकैजस्ता अन्नबालीसमेत उत्पादन गर्दै आउनुभएको छ ।यति मात्रै होइन, उहाँले माछा पालन समेत गर्नुभएको छ । जसले समग्र फर्मलाई एकीकृत कृषि प्रणालीको नमुना बनाएको छ । अहिले प्रविधिको सहयोगले खेती व्यवस्थित छ ।सरकारको सहयोग र प्राविधिक सल्लाहले प्रेम नेपाली जस्ता कृषकको जीवन नै फेरिएको छ । चक्ला बन्दी प्रविधिको प्रयोगले सिँचाइ, मल व्यवस्थापन, बिउ छनोट, नर्सरी व्यवस्थापनदेखि लिएर कीरा नियन्त्रण र उत्पादन सङ्कलन समेत सहज बनाएको नेपालीको अनुभव छ ।यसले लागत घटाउनुका साथै उत्पादकत्व बढाएको छ ।

    बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता
    वर्षौँसम्म उपयोगविहीन बनेको बाँझो जमिन अहिले हरियाली तरकारी फार्ममा परिणत भएको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–३ स्थित गुठ क्षेत्रमा कृषक भविन्द्र घर्तिमगरले चमत्कारी रूपमा बाझिएको जमिनमा समृद्धिको खेती सुरु गर्नुभएको छ ।धुर्कोट गाउँपालिका–३ निवासी घर्तिमगर विगत केही वर्षदेखि गुठको जग्गा भाडामा लिएर व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनु भएको छ । उहाँले गोलभेँडा, काँक्रो, बोडी, फूलकोबी, बन्दा, धान, मकै, माछा लगायतका मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आयआर्जनमा उल्लेखनीय प्रगति गर्नुभएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कार्यान्वयन इकाई, हालको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई गुल्मीको सहयोगमा उनको कृषि यात्रामा ठुलो सहजता आएको छ । परियोजनाले तीन वर्षदेखि चक्लाबन्दी खेती कार्यक्रम अन्तर्गत मल, बीउ, सिँचाइ उपकरण, तालिम र प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको कार्यालयका सूचना अधिकारी विष्णु पोखरेलले बताउनुभयो ।यस सघन सहयोगपछि घर्तिमगरले करिब २५ वटा भन्दा बढी टनेलमा तथा खुल्ला खेतमा तरकारी खेतीको विस्तार गरेका छन् । सँगसँगै उनले माछा पालन पनि सुरु गरेका छन् ।जसले समग्र खेती प्रणालीलाई अझै समृद्ध बनाएको छ । २०७९ सालमा दर्ता गरिएको रेसुङ्गा एग्रो बिजनेस कन्र्सन नामक व्यवसायमार्फत उहाँले तम्घासमा तरकारी सङ्कलन केन्द्रसमेत स्थापना गर्ने गर्नुभएको छ ।

    यसले उत्पादनसँगै बजारीकरण प्रक्रियालाई सहज बनाएको छ । स्थानीय बजारमा ताजा तरकारीको पहुँच बढाउनुका साथै अन्य कृषकलाई पनि व्यापारिक सोच विकास गर्न प्रेरणा मिलेको छ ।कृषक घर्तिमगरको कठिन परिश्रम र परियोजनाको सहयोगले बाँझो जमिनलाई उत्पादनशील बनाएको छ । यसबाट स्थानीय स्तरमै रोजगारी, आम्दानी र आत्मनिर्भरता बढ्ने सङ्केत देखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend