काठमडौँ । प्राइम कमर्शियल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
कम्पनीले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो ।
कम्पनीले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।
कम्पनीले वार्षिक ८ प्रतिशत ब्याजदरमा आगामी १० वर्षसम्मको लागि ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो ।




.gif)





